Online Nepal शुक्रबार, बैशाख १४ २०८१

सगरमाथा जलविद्युत् कम्पनीको आजदेखि आईपीओ निष्कासन

सगरमाथा जलविद्युत् कम्पनीको आजदेखि आईपीओ निष्कासन


मध्यान्तर
  • बुधबार, चैत्र ८ २०७९

  • काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि  आईपीओ निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

    कम्पनीले जारी पुँजी एक अर्ब १२ करोड रुपैयाँमध्ये ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । सार्वजनिक निसष्कासनका लागि छुट्याइएकोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।पाँच प्रतिशत अर्थात् दुई लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र तीन प्रतिशत अर्थात् एक लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहररूका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ६० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले निष्कासन गरेको सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ चैत १२ गतेसम्म निष्कासनमा रहनेछ । ढिलोमा चैत २२ गते आवेदन खुला हुने बताइएको छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

    कम्पनीले सञ्चालन गरिरहेको ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत आयोजनाको कुल लागत एक अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँ रहेको छ। त्यसैगरी, आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार ७७ रुपैयाँ रहेको छ ।

    कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहररू र तिनका तोकिएका शाखा कार्यालयहररूबाट आवेदन दिन सक्नेछन् ।

     

    प्रतिक्रिया
    थप समाचार