Online Nepal शुक्रबार, बैशाख १४ २०८१

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट


मध्यान्तर
  • बुधबार, चैत्र ८ २०७९

  • काठमाडौं ।  बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। सोमबार दिन २२ अंक बढेर बन्द भएको नेप्से, यस दिन १५.७६ अंक घटेर १९३३.२९ विन्दुमा झरेको छ।

    यस दिन सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक घटेको छ।

    नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबा रदिन १ अर्ब २९ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६६ स्टकको ३० हजार ४८५ पटकको कारोबारमा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको ३७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
    नेप्से घटेपनि यस दिन माया खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर यसै दिनदेखि कारोबारमा आएको हो। सो कम्पनीको शेयरमूल्य यस दिन २६ रुपैयाँ ५० पैसा बढेर २९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सपोर्ट माइक्रोफाइनन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि ५० को इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल ९तराई० को शेयरमूल्य यस दिन सर्वाधिक ७।६२ प्रतिशत घटेको छ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीव्न बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

     

    प्रतिक्रिया
    थप समाचार