Online Nepal आइतबार, बैशाख २३ २०८१

नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन परराष्ट्रमन्त्री साउदले गरे रुससँग आग्रह

नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन परराष्ट्रमन्त्री साउदले गरे रुससँग आग्रह


मध्यान्तर
  • शनिबार, माघ ६ २०८०

  • काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन रुससँग आग्रह गरेका छन्।

    युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग शुक्रबार भएको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरुलाई फिर्ता गरिदिन आग्रह गरेका हुन्।

    ‘हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उनले भने, ‘त्यस कारण रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ।’

    परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरेका छन्।

    जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताए। रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा दुई पक्षबीच नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो। उनले नेपाल र रुस सम्बन्धको लामो इतिहाससमेत उल्लेख गरे।

     

    प्रतिक्रिया
    थप समाचार