Online Nepal शनिबार, बैशाख १५ २०८१

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


मध्यान्तर
  • बिहिबार, चैत्र १५ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

    नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २७ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको भाउ तोलाको १ लाख २६ हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।

    यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १५ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ९० रुपैयाँमा स्थिर रहेको थियो ।

    प्रतिक्रिया
    थप समाचार