Online Nepal शनिबार, बैशाख २२ २०८१

नरिवलमाथि आघात

नरिवलमाथि आघात


मध्यान्तर
  • शनिबार, पुष ४ २०७७

  • सर्वगुणी सम्पन्न बहुउपयाेगी उपहार नरिवल,
    पाउँदा समेत कदर गर्दै महिमा बढाउन नसक्ने,
    निर्लज्ज पथभ्रष्ट विवेकहीन यी जंगली बाँदरहरू,
    एक अर्कामा हुँदै नभएकाे शासक वर्गकाे,
    प्रतिनिधित्व गरी कुप्रवृतिकाे तक्मा लाउँदै,
    आफैं न्यायाधीश र चाेरकाे दाेहाेराे भूमिका,
    निर्वाहा गरि झुक्याई सारा दर्शक,
    पर्दा पछाडि भागबन्डाकाे चक्रब्यूँह रचि,
    एक टुक्रा हड्डीकाे सिनाेमा,
    गिद्ध र कुकुरले स्वार्थयुक्त,
    कुदृष्टि लगाई र्याल काटे जस्तै,
    भ्याएसम्म तैसक मैसक गरि,
    नितान्त व्यक्तिगत स्वार्थ पूर्तिका निम्ति ,
    अहाेरात्र लुछाचुडी गरि रहेछ ।
    नैतिकहीन असभ्य कुलङ्गार बाँदरहरूका,
    झाेले मगन्ते बस्त्र धारण गर्ने ती अन्धभक्तहरू,
    खै ! तिमीहरूका आजसम्म हाेस खुलेकाे छैन ?
    बहस गर्दै छाै बाँदरकाे हातमा नरिवल,
    उचित कि अनुचित भन्ने शीर्षकमा,
    हुँदै नभएकाे बाैद्धिकतालाई तिखार्दै,
    तार्किकतामा बदल्ने कुप्रयत्नका साथ,
    दिलाेज्यानले भ्याएसम्म अटल रूख बनि,
    फलफूलकाे बगैँचामा राज गर्दै बस्न,
    विनम्र आग्रहका साथ मुस्कुराउदै,
    ताण्डव नृत्य गर्न त्यही भ्रष्टचारीहरूलाई,
    समर्थन दिदै अझै हाैसाउदै छाै ।
    जसले आफ्नाे घर बनाउदैन,
    अनि अरूकाे पनि भत्काउदै हिड्छ,
    त्यस्ताहरूका पछि लागेर व्यार्थ आफ्नै,
    के घरबार बसाल्ने आशा गर्छाै ?
    इतिहास सत्यकाे लेख्ने हाे मित्र असत्यकाे हाेइन ।
    ऊ हेर कस्ताे मनपरि तन्त्र छ यीनिहरूका,
    गर्नेलाई भन्दा देख्नेलाई लाज,
    चिथाेर्दै दस नङ्ग्राले नरिवलका दानालाई,
    सक्दाे घाइते बनाई रसस्वादन गर्नका निम्ति,
    रक्तदहमा पाैडिने लालचमा,
    कुहिरामा काग हराए सरि,
    गन्तव्यहीन यात्रामा हरपल दाैडी रहेछ ।
    थुक्क हे मेरा प्रिय असल मित्र बाँदरहरू हाे,
    सकेनौं हगि जङ्गली जीवनबाट मानवरूपि,
    सभ्य शीष्ट नैतिकवान सदाचारी अहिंसावादी,
    मानवीय गुणले सुशाेभित भई,
    सर्वगुण सम्पन्न नरिवललाई,
    जतन गर्दै हराभरा बनाई,
    सदा सर्वदा संरक्षण गर्न ।
    भन पञ्चमुखे घनटाउके बाँदरहरू हाे,
    अब हामीले तिमीहरूलाई कसरी विश्वास गराैँ ?
    सुन्दर एउटा अटल नरिवलमा,
    यस्ताे विघ्न विध्वंस मच्चाई,
    सकुनीकाे जस्तै षड्यन्त्रपूर्ण,
    प्रपञ्च जाल फिजाउनेहरू,
    यदि चाैरासी व्यञ्जन मिष्टान्न पायौं भने,
    तिमीहरूको हालत के हुन्छ ।
    त्यसैले अब मसँग भएकाे धैर्यताकाे,
    बाँध फुट्दै गए पछि अनायास आज,
    आफूले आफैंलाई साक्षी राखि,
    प्रण गर्दै आत्मबल दराे पार्दै गाउदै छु,
    जननी जन्मभूमिश्चः स्वर्गदपी गरियसी,
    भन्ने मूल मन्त्रले सारा एकत्रित पारि,
    चार जात छत्तीस वर्णकाे,
    साझा याे फूलबारीमा,
    रम्दै रमाउदै विश्व विजेताकाे,
    एेतिहासिक नयाँ कीर्तिमान बनाउदै,
    लुछिएर जटा च्यात्तिएको,
    बिरूप एवम् कुरूप बन्दै सर्वश्व गुमाउदै गएकाे,
    नरिवलकाे स्वाभिमानी माैलिक पहिचानले सुशाेभित,
    स्वतन्त्र न्यायिक राज्य निर्माण गर्ने छु ।

    प्रतिक्रिया
    थप समाचार