Online Nepal आइतबार, बैशाख १६ २०८१

कांग्रेसले ३ दिनसम्म बीपी साहित्य महोत्सव आयोजना गर्ने

कांग्रेसले ३ दिनसम्म बीपी साहित्य महोत्सव आयोजना गर्ने


मध्यान्तर
  • सोमबार, भाद्र ११ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ ।

    कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा महोत्सव आयोजना गर्न लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

    उनका अनुसार भदौं २४, २५ र २६ गते बीपी स्मृतिभवन सानेपामा महोत्सव चल्नेछ ।

    उक्त महोत्सवमा कविता, गजल, साङ्गीतिक, चित्रकला, वृत्तचित्र, ऐतिहासिक फोटो प्रदर्शनीलगायतको ९ सत्रमा कार्यक्रम हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार