Online Nepal बुधबार, बैशाख २६ २०८१

त्रिवि मैदानमा नेपाल र वेस्ट इण्डिज भिड्दै

त्रिवि मैदानमा नेपाल र वेस्ट इण्डिज भिड्दै


मध्यान्तर
  • शनिबार, बैशाख १५ २०८१

  • फाइल तस्बिर

    काठमाडौँ । नेपाल र वेस्ट इण्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरू हुँदैछ।

    पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।

    सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्।

    नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी-२० विश्वकप तयारीको रुपमा लिएको छ।

    नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि वेस्ट इन्डिज नै जानेछ।

    विश्वकपमा नेपाल समूह ुडीु मा छ। समूहमा नेपालले नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्नेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार