Online Nepal बुधबार, बैशाख २६ २०८१

इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरीले जफत गर्‍यो सामग्री

इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरीले जफत गर्‍यो सामग्री


मध्यान्तर
  • शनिबार, बैशाख १५ २०८१

  • काठमाडौँ । इलाम- २ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको छ ।

    मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ ।

    क्याम्पसकै होस्टेलमा छात्राहरूले निर्वाचनका विषयमा एक्जिट पोल गराएको खुलेको छ । ती युवतीहरूलाई मतदान गरेर फर्किएकाहरूलाई पुन मतदान गर्न लगाउने सर्तमा राखिएको प्रहरीले जनाएको छ । उनीहरूले मतदान गरेर फर्किएकाहरूलाई पुन नक्कली मत पत्रमा मत खसाउन लगाउने गरेका थिए ।

    महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार