Online Nepal शनिबार, बैशाख २२ २०८१

क्रिस्चियन धर्मको उद्गम र धर्म परिवर्तन गराउने गलत विसंगतीहरु

क्रिस्चियन धर्मको उद्गम र धर्म परिवर्तन गराउने गलत विसंगतीहरु


मध्यान्तर
  • शुक्रबार, पुष १० २०७७

  • –दीर्घराज प्रसाई

    २०७७ साल अर्थात सन् २०२० डिसेम्वर २५ मा ‘क्रिस्मिस् डे’ हो । क्रिस्मिस् डे को उपलक्षमा हिन्दु, बौद्ध तथा क्रिस्चियनहरु आ-आफ्नो धर्मको उद्गम कहाँबाट र कसरी भयो भन्ने कुरालाइ वहसमा ल्याउन सक्नु पर्छ । सबैले आ–आफ्नो धर्म महान हो भनेर मात्र अहिलेको विश्वमा निकास प्राप्त हुन सक्तैन । हामीले बुझेसम्म वैदिक हिन्दु सनातन धर्म सभ्यताको उद्गगम हो । हिन्दु धर्म भन्दा धेरै पछि जन्मिएका धर्महरु– मुस्लिम, क्रिस्चियन हुन् । नेपालका हिन्दु र बौद्धहरु अत्यन्त उदार छन् । उनीहरु चाहे क्रिस्चियन होस् वा मुस्लिम् आदर गर्छन् । नेपालमा मुसलमानहरुप्रति हिन्दु र बौद्धको कुनै चित्त दुःखाई छैन । किनकि मुसलमानहरु आफ्नो धर्म मान्छन् र हिन्दु तथा बौद्धप्रति सम्मान गर्छन्, आक्रमक हुँदैनन् । त्यसैले हामी मुसलमानप्रति आक्रोशित छैनौं । नेपालमा पहिलादेखि वा विभिन्न काम विशेषले नेपालमा आउने जाने गरेका क्रिस्चियनहरु जो आफ्नो धर्म मानेर बसेका थिए र छन्, त्यस्ताहरुको नेपालका हिन्दुहरु क्रिस्चियनहरुसँग आक्रोशित थिएनन् र छैनन् । तर अनेकौं षडयन्त्र गरेर, सके आर्थिक रुपमा कमजोर नेपालका जाति जनजाति र केही कमजोर मनस्थिति भएका क्षेत्री बाहुनहरुलाई अनेकौं लोभ देखाएर धर्मपरिवर्तन गराउने प्रवृत्तिको हामी हिन्दु तथा बौद्धहरु त्यस्ता सहअस्तित्वका बिरोधी क्रिस्चियनहरुप्रति आक्रोशित हून्छौं र भेटेसम्म प्रतिकार गछौं । नेपालका हिन्दुहरु क्रिस्चियनहरुसँग सशंकित र आक्रोशित यिनैं कारण हुन् । नेपालमा धर्मपरिवर्तन गराउन खोज्ने क्रिस्चियनहरु नेपालको पहिचानलाई ध्वस्त बनाउन चहान्छन् ।
    नेपालमा त्रिस्चियनहरु सन् १७६८ भन्दा अगाडि काठमाण्डौंका मल्ल राजाहरुलाई प्रभाव पारेर केही नेपालीलाई क्रिस्चियन बनाइएको र पछि सन् १७६८ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीहरुलाई यहाँबाट लखेटेकाले क्रिस्चियनहरु हिन्दु र नेपालप्रति नकारात्मक बनेका हुन् । तर पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारकहरुलाई त्यसै लखेटेका थिएनन् । नेपालको राष्ट्रिय एकीकरणको सन्दर्भमा पृथ्वीनारायण शाहले कीर्तिपुरको लडाईमा पृथ्वीनारायण शाहका भाई शुरप्रचाप शाहको आँखा फुटेकोले क्रिस्चियन पादरीको समूहमा रहेका क्रिस्चियन डाक्टरबाट शुरप्रचाप शाहको आँखाको उपचार गरेका थिए । त्योबेलामा पृथ्वीनारायण शाह क्रिस्चियनहरुसँग नकारात्मक थिएनन् । केपुचीन पादरीहरुलाई यहाँबाट लखेट्नुपर्ने मूख्य कारण थियो कि कीर्तपुर विजय गर्ने अभियानको सन्दर्भमा काजी कालु पाण्डेको लडाईमा मारिए । पृथ्वीनारायण शाहबाट कीर्तिपुरमा विजय गरेपछि इसाई पादरीले जयप्रकाश मल्ललाई भारतबाट अंग्रेज फौजको सहयोग माग्ने र पृथ्वीनारायण शाहलाई कीर्तिपुरबाटै हराउनको लागि सललाह दिएर सो अनुरुप पादरीको सक्रियतामा २४ अंग्रेजी फौज कर्नेल किलोकको नेतृत्वमा सिंधुलीगढीबाट आउन लागेको मुगीिटारका रामचन्द्र प्रसाईले (प्राचीन नोपल पुरातत्व विभाग– मोहन खलालको लेखाइ अनुसार) कीर्तिपुरमा पृथ्वीनारायण शाहलाइृ पत्र लेखी पठाएको आधारमा पृथ्वीनारायण शाहबाट सेनापति रामचन्द्र कुँवर, बंश पाण्डे, जयनारायण मगर लगायत केही आर्थिक सहयोगकासाथ केही योद्धाहरु पनि सिंन्धुली गढीमा पठाएपछि गोर्खाली फौजले अंग्रेज फौजहरु माथि आक्रमण गरे र जसमा २४ सयमा १६ सय मरे र अरु भागे । यसरी आफ्रनो राष्ट्रि एकीकरणको महानयक्षलाई अगाडि बढ्न नदिएर इसाई पादरीले जयप्रकाश मल्ल मार्फत यस क्षेत्रमा इसार्इृको पहूच बढाउने षडयन्त्रबाट पृथ्वीनारायण शाह अत्यन्त सशंकित हुनुपर्ने कारण भएको थियो ।
    पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यका विजय गरेपछि कान्तिपुरमा रहेको इसाई पादरीले जयप्रकाश मल्ललाई क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीलाई यहाँबाट धपाएर चर्चलाई सेनाले घोडाको तबेलामा प्रयोग गरेकाले त्यही रीसले पृथ्वीनारायण शाहलाई वद्नाम गर्न पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटेका थिए भनेर केपुचीन पादरीलाई उल्लेख गरेर अंगे्रजी लेखक कर्कपेट्र्रिकले झुटा र कपोलकल्पित कुराहरु लेख्ने काम गरेका थिए । त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका र त्यसरी नाक काट्ने आदेश दिएका थिएनन् । १७ धार्नी नाक काट्दा कति जनसंख्या चाहिन्छ भन्ने कुराको सोचाई नगरी अंग्रेजहरुले झूठा हावा फिँजाउने दुस्प्रचार गरेका थिए । आफ्नो मातहतमा आएका जनताको संरक्षण गर्नु पृथ्वीनारायण शाहको नीति नैं थियो । त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका थिए । पृथ्वीनारायण शाहका व्यवहार हेर्दा एक मानववादी जनप्रिय राजा भएकाले त्यसरी आतताई प्रकारले दूनियाँलाईनैं आतंकित पारेर विशाल नेपालको राजा हुने इराधा राखेका थिएनन् र त्यसरी नाक काट्ने आदेश दिएका पनि थिएनन् । त्यस्ता झूठा कपोलकल्पित कुराहरु प्रचार गरेर यसक्षेका सपुतको बेइज्जत गर्न खोजेका थिए । त्यही कुरालाई नेपालका कतिपय इतिहासकारले पनि उल्लेख गरेकाले आजभोलि समेत पृथ्वीनारायण शाहलाई बदनाम गर्ने आधार बनेका हुन् । यो इतिहासको यथार्थ माथिको आक्रमण हो ।

    २०६३ सालपछि नेपालका लोभी पदलोलुप पाटीृका नेताहरु जस्मा गिरिजाप्रसाद कोइराला, एमालेका माधव नेपाल र माओवादी प्रचण्ड र बाबुराम भट्टराईहरु त क्रिस्चियन नैं भएकाले पद, पैसाको पुर्ण आश्वासन दिएर अनेकौं षडयन्त्र गराई आर्थिक सहयोगका साथ हिंसात्मक प्रकारको जनआन्दोलन गराई उनीहरुको पक्षधर पार्टीका नेताहरुलाई नेतृत्व तहमा पुर्‍याएर धर्मनिरपेक्ष, गणतन्त्र, जातीय आधारको संघीयता जवरजस्त लागु गर्न लगाई त्यसैबाट नेपाल क्रिस्चियनलाई सक्रिय गराएर धर्म परिपर्तन गराएर विश्वको एकमात्र हिन्दु अधिराज्य सिभ्याउन सकिन्छ भन्ठानेर भारतीय कांग्रेस (आई) उसको गुप्तचर संस्था ’रअ’, यूरोपका इसाई राष्ट्र र सीआएको सक्रियतामा नेपालमा क्रिस्चियनहरु पैसाको खोलो बगाएर यहाँका गरीब बाहुन तथा गरिब जनजाति समूहभित्र पसेर क्रिस्चियन बनाउदै तथानाम चर्च निर्माण गर्ने गरेकाले यो अन्यायको बिरुद्ध चर्च बनाउने अनेकौ कुकाइहरुको थालनी भएको हो । नेपालको राष्ट्रिय एकीकरण भन्दा अगाडि यो क्षेत्रलाई हिमवतखण्ड भनिन्थ्यो । हिमवतखण्ड भनेको सयौं हिन्दु राज्यहरुको क्षेत्र थियो । गंगादेखि उक्त कैलास मानसरोवरसम्म र ब्रम्हपुत्रदेखि पश्चिम हिन्दुकुससम्मको क्षेत्रमा थुपै हिन्दु राजाहरुको राज्य थिए । हिमवतखण्डका हिन्दु राज्यहरुलाई दक्षिण भारतमा साम्राइ जमाएर बसेको इष्ट इण्डिया कंपनीले आक्रमण गर्ने बाटो हेरिरहेको अवस्थामा गोर्खाका राजा पृथ्वीनारायण शाश र उनीपछि उनका कान्छा छोरा बहादुर शाहको नेर्ततव्मा अमर सिंह थापा, वीर दलभ्र कुवर लगायत अनेकौं जातका जनताको सहयोगमा लगभग ५४ स–साना हिन्दु राज्इहरुलाई एककिरण गरेर स्थापित भएको नेपाल संसारको नैं एक मात्र हिन्दु अधिराज्य हो । विश्वको यो एक मात्र हिन्दु अधिराज्य समाप्त नगरी संसारभरमा क्रि,स्चियन साम्राज्य स्थापित हुन नसकिने भएकाले पोप लगायत विश्वभरका इसाईहरु नेपाल माथि जाई लागेका हुन् । तर हामी नेपालहरु यसता दस्कर्महरुको भ्रत्सना गछौं निन्दा गछौं ।
    तर क्रिस्चियनहरुले हिन्दु तथा बौद्धप्रति नकारात्क भएर धर्मपरिवर्तन गराउन खोजेता पनि उनीहरुले खोज अनुसन्धान गरेर क्रिस्चियन धर्मको उद्गम कहाँबाट भएको थियो भन्ने कुरा बुझ्न खोजे भने सबै सत्य तथ्य फेला पर्दछ । जिसस् क्राइष्टकी आमा हिन्दु थिइन् । जिसस् पनि हिन्दु संस्कारबाट उठेका हुन् । जिसस् क्राइष्ट पछि उठेको टाइटल हो– ग्रिकको हिभ्रियू भाषाबाट बनेको । नेपालका खोजकर्ता विद्वान डा. स्वामी प्रपन्नाचार्यले वेदमा छ के भन्ने पुस्तकमा श्री बाबा सावारकर, पादरी गोपालाचार्य, डा. बुकानिन्, डा. स्पेन्सर, रुसका विद्वान डा.निकालसनोटोविचको सोध पुस्तक– ‘जिजस्को अज्ञान जीवनु पुस्तक आदिका भनाईलाई उद्धृत गर्दे लेखेका छन्– ‘हजरत ईशाको जन्म भारतको हिन्दु परिवारमा भएको हो । ल्फोरेन्समा ईशाकाकी आमा मेरीको मूर्ति राखिएको छ । मेक्मिलन गिर्जाघरमा पनि मेरीयमको त्यस्तै मूर्ति राखिएको छ । ईशाकी आमाको मूर्ति हिन्दु रानी–महारानी जस्तो साडी–गुनिऊँ लगाएको र निधारमा हिन्दुहरुले लगाउने टिका लगाएको छ । हिन्दु परिवारमा ईशाले जन्म लिएको बारेमा कतिपय पाश्चात्य विद्वानहरुको पनि यही मत छ ।’ गड इज् लाइट भन्ने परमेश्वर शिव हो, ज्योति हो– क्रिस्चियनहरुको ।
    जर्मनीको म्यूनिकको चित्रघरमा जिसस् क्राइष्टको सन्यासी महात्माको भेषमा निधारमा तिलक–टिका लगाएको मूर्ति छ । ल्फोरेन्सको मूर्तिमा ईशाले हिन्दु ब्रामणको झैं जनै धारणा गरेको छ । रोममा पोप धर्मगुरुको भेटिकन राजमहलमा रहेको एउटा चित्रमा ईशाले टाउकोमा टुप्पी र धोती लगाएको साधु भेषमा छ । नेपालमा ६ बर्ष बसेर योगसाधना र बोद्ध दशृन सिकेकाले क्राइष्टलाई निरंकुश अन्धा धर्मभिरु सत्ताले इजरायलमा किला ठोकेर मारिएको अवस्था्मा वैदिक योगका प्रतापले मरेको जस्तो अभिनय गरेर गाडिएको चिहानबाट उठेर ईशु भारततिर लागेको र पछि उनको मृत्यूपछि कास्मिरमा राखिएको ईशाको समाधि देख्न सकिन्छ । ईशा १३ बर्षदेखि ३० बर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दु सन्यासीको भेषमा नेपाल र भारतमा आएका र काशी, जगन्नाथ, बिहार, नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्ने गरेका तथ्यहरु छन् । नेपालमा लम्विनी कपिलवस्तु, आदि हेर्दै तिब्बतको दक्षिणमा पर्ने कम्भकर्ण गौरीशंकर, माउन्ट एभरेस्टसँग साक्षात्कार गरेको कुरा भविष्य पुराणको प्रसर्ग सम्पादनमा संस्कृत भाषामा उल्लेख गर्दै मेरी बारेमा– ‘ईशापुत्रञ्च मा विद्धि कुमारी गर्भसम्भवम्’ (अनुवाद) अर्थात जिसस्की आमाले विवाहभन्दा अगागि गर्भधारणा गरेको थियो, भन्ने उल्लेख छ । महाभारतमा कुन्तीले पनि विवाह भन्दा अगाडि वीर कर्ण जन्माएकी थिइनन् । भनिन्छ– सूर्यको संभोगबाट कुन्तीले गर्भधारण गरेकी थिइन् । यसैगरी क्राइष्टकी आमालाई पनि एउटा सिकर्मीबाट गर्भवती भएकी थिइन् भनिन्छ ।
    यसैगरी एक विद्वान एमके श्रेष्ठले समाचार पत्रमा पटक पटक लेख्नु भएको छ –‘जिसज् क्रायष्टकी आमा मेरी विवाह नहुँदै गर्भवती भएकी थिईन् । एक सिकर्मी युसुफ (जोसेप) लाई पतिको रुपमा ग्रहण गरेपछि समस्या टुङ्गियो । ईशु १२।१३ बर्षको अवस्थामा ब्यापारीहरुसँग भारत आए । केहीदिन राजस्थानका जैनमुनीसँग बिताए । त्यसपछि कासी, जगन्नाथपुरीमा वेदको अध्ययन गरे । भारतमा बसेर उनले योग साधनाबाट सिद्धी प्राप्त गरे । ईशुले वैदिक हिन्दु सनातन धर्मबाट सिकेर पे्रम,उपकार, करुणा र दयाको शिक्षा दिएका हुन् । उनले लेखेका ग्रन्थहरुमा वेदलाई सम्मान गरेको पाइन्छ । उनी ब्रम्हा, बिष्णु महेश्वर र ॐ मा विश्वास गर्थे । ॐ को अपभ्रम्स ‘आमेन’ हो । ईशाका पाण्डुलिपी फान्सको समिट विश्वविद्यालयमा पढ्न सकिन्छ ।’ चर्चहरुमा पादरी, पाष्टरहरुले जन्म मृत्यू, न्वारन्, विवाहको रीति हिन्दु परम्परा जस्तै छ । इजरायलमा यहुदीहरुले राष्ट्रिय झण्डा र चिन्हमा हिन्दु भगवती सरस्वतीको षडकोणको चिन्ह राखेका छन् । सन् १८३५ तिर लर्ड मेकाले र सन् १८५६मा पादरी काल्डवेलले भारतमा साम्राज्य स्थापना गर्नको लागि हतियार प्रयोग गरेर क्रिस्चियन धर्म लाध्न हिन्दु संस्कृति छिन्नभिन्न पार्ने कार्य गरेकोले क्रिस्चियन धर्म कलंकित हुँदै आएको हो ।
    इसाई धर्म प्रचारकहरु भने आपसमा झगडा गर्ने ठूलो सानो भन्ने भेदभादको दृष्टिकोणबाट ग्रसित छन् । हिन्दुदेखि आफूहरुलाई पृथक देखाउन हिन्दुले लगाउने टीका नलगाउने, सिंदुर पोते हटाउने, पूजाआदि नगर्ने वैदिक, बोद्ध हिन्दु अचारसंहिता जलाउने, मूर्ति भए फोड्ने कार्य गरेर क्रिस्चियन धर्मले अहिले धार्मिक आतंकवादको रुप लिएको छ । वैदिक परम्परा त्याग्ने, क्रिस्चियनहरुले लोभ लालच, राज्य शक्ति हत्याउने कुटिल दाउमा लागेर ईशुको भावना विपरित अधर्मको बाटो अपनाउँदै छन् । यो अत्यन्त घातक कुरा हो । नेपालमा केही समयदेखि अज्ञानताले ईसाई मिसनको पैसामा बिकेर ईसाई बन्न पुगेकाहरुले आफ्नै पहिचान माथि वलत्कार गरिरहेका छन् । आफ्नो आमाको हत्या गर्ने वा मात्रृ संस्था– वैदिक सनातन हिन्दु धर्मलाई चिहानमा पुर्‍याएर क्रिस्चियन सम्राज्य स्थापना गर्नमा कृत्रिम मार्ग अवलम्वन गरेकोमा हामी त्यसको भ्रत्सना गर्छौं ।
    दोस्रो विश्वयुद्धको बेला यहुदी विद्वान वैज्ञानिक एन्सटाइन्बाट निर्माण गरिएको अणुवमबाट जापानको हेरोशिमा र नागाशाकीमा अमेरिकाले ध्व्स्त बनाएको थियो । अमेरिकी राष्ट्रपति रुज्वेल्टले एन्सटाइन्सँग प्रभावित भएर– तपाई के माग्छौं भन्दा एन्सटाइन्ल–े मलाई एउटा यहुदी राज्य चाहिन्छ, भनेर मागेकाले अमेरिकाको प्रयासबाट इजरायललाई यहुदी राज्य घोषण गराइयो । एन्सटाइन्लाई राष्ट्रपति बन्ने आग्रह गर्दा राष्ट्रपति हुन चाहेनन् । इजरायल–यहुदी राष्ट्रमा, सरस्वतीको चिन्हलाई यहुदीको चिन्ह बनाइयो । यो हिन्दुधर्मकै पे्ररणाको द्योतक हो । अमेरिकी न्यूज्उइकमा क्रिस्चियनमूलकी लीशा मिलरले मार्च १३ २०१० मा लेखेकी थिइन्– हामी सबै हिन्दु हौं । ऋग्वेद हिन्दुहरुको सबैैभन्दा पुरानो ग्रन्थले भन्छ– सत्य एउटा छ । ॐ नैं एक सत्य हो । पुरातनवादी क्रिस्चियनहरु यस्तो कुरा बुझ्न र सुन्न चहादैनन् ।
    आइतबार हिन्दुहरुले सूर्यलाई मान्छन्, सोही अनुरुप चर्चमा सूर्यबार अर्थात सन् डे हिन्दुहरुले ज्योतिस्वरुप शिवजीलाई माने जस्तै चर्चमा क्राइष्टलाई मान्न जान्छन् । यी तथ्यहरु बुझेर क्रिस्चियन मुलक र क्रिस्चियन मिसनहरुले हिन्दुत्वको महानता र हिन्दुहरुका सिद्धहस्त विचार मान्न वाध्य हुनुपर्ने अवस्था छ । तर त्यसको वदलामा क्रिस्चियन्का भरियाहरुले जहाँ भेट्यो उही हिन्दुहरुलाई झम्टने, पैसाको लालचा देखाएर हिन्दुहरुलाई क्रिस्चियनमा परिणत गराएर जसरी भएपनि हिन्दुको अस्तिव समाप्त गर्नेमा छन । तर यो क्रिस्चियनहरुको लागि पराजय हो । किनकि जवरजस्त गरेर मानवको इच्छालाई नियन्त्रणमा राख्ने कुनै धर्म हुनसक्तैन । ईशु को थिए,उनी कहाँ, कुन धर्मबाट प्रभावित थिए र क्रिस्चियन धर्मको उद्गम कहाँ हो भन्ने कुराको अध्ययन गरेर अनुसन्धानात्मक रुपले प्रस्तुत गरेको यो विचारलाई सबैपक्षबाट मनन् गर्ने कार्य गरियोस् । हामी हिन्दुहरु इजरायललाई विश्वको एक मात्र यहुदी राज्यको सम्मान गर्छौ । अतः त्यसरी नैं क्रिस्चियन मिसनहरु र क्रिस्चियनले विश्वको एक मात्र पवित्र हिन्दु अधिराज्य राज्यकोे सम्मान गर्ने काम गरुन् । क्रिस्चियनहरुले आफ्नो उद्गम नबिर्सियून् । यदि यसरी नैं यो पूण्यभूमि माथि आक्रमक भएर यसरी नैं धर्म परिवर्तन गराउँदै क्रिस्चियन दलालहरु आफ्रना कुकृत्य छोडदैनन् भने यो भूमिमा क्रिस्चियनहरुको नामनिशान रहने छैन, सबै लखेृटिन्छन् र सबै कथित चर्च भत्किने छन् । त्यसैले अर्काको धर्म बिगार्न जवरजस्ती नगरौं । विश्वमा शान्ति स्थापनाको लागि हामी सबैले सहअस्तितव र सबै धर्मप्रति एकअर्काले आधार गर्न सक्ने वातावरण बनाआ। ‘‘वशुधैवः कुटुम्वकम् ।‘

     

     

     

    प्रतिक्रिया
    थप समाचार