लाै आयाे भन्छन् हजुर माैसमी बहार ऋतुले,
सारा नेपाली जनकाे महान पर्व बडा दसैं,
जिज्ञासा मिश्रित हृदयकाे प्रयाेग गर्दै,
पुलकित भई पुरै एक वर्षकाे,
दुःखित भावना साट्ने आशामा,
बिथाेलिएकाे मनलाई एकत्रित पार्दै,
अाशङ्कित र सङ्क्रमित दुनियाँमा,
श्वासकाे हतियार लिदै,
मतियार बन्दै,
आक्रमण गर्ने दुस्मनले कतै,
मेराे वास्तविक रूप चिन्छन् कि भनी,
विजयास्त्रकाे मुखुण्डो धारण गर्दै,
खै कहाँ आयाे भनी ज्यानकाे बाजि थाप्दै,
अत्तालिदै खाेजी हिँडे यत्रतत्र सर्वत्र,
आखिर बडा दसैंकाे कहीँ केही,
नामनिशान भेटिन ।
बेखबर बडा दसैंकाे राैनक खाेज्दै,
निस्के गन्तव्यविहीन यात्रामा,
उल्लास हराएकाे दसैँकाे,
नित्य खाेजी हिड्ने एक यात्री बनि,
त्रासदीले आक्रान्त भई,
आत्म रक्षाका खातिर लुकीछिपी बसेकाे,
निचाेरिएकाे कागती सरी,
चुम्रुक्क परेकाे बडा दसैँलाई भेटे,
अनि हर्षित र उत्साहित हुँदै,
नमन गर्दै विनम्र भावले साेधे,
जाने हाेइन ?
हाम्रा दुर्गम गाउँ बस्तीहरूका,
हरियाली पाखा पखेरा अनि फाँटहरूमा ?
जहाँ हिमाल, पहाड र तराई अटल,
अजर भई मुस्कुराइ रहेका छन्,
त्यहाँ हाम्रा बाबा, अामा तिम्राे,
आगमनकाे व्यग्र प्रतीक्षामा,
टीका जमरा थालीमा लिदै हार्दिक,
स्वागतका निम्ति धैर्यतापूर्वक बसेका छन्,
भैगाे यसपाली म नजाने भएँ,
जताततै पुग्ने मेराे तीव्र अाकाङ्क्षा,
हुँदाहुँदै पनि म,
कहीँ केही गरि पुग्न नसक्ने भएँ,
तिम्राे मात्र हैन,
मेराे नी बाबा, आमालाई,
तपाईंकाे सन्तान बडा दसैंमा सदाझैँ,
विजय उत्सव लिएर आउन सक्दैन रे,
भनी सुनाइ दिनु ।
घरबाट बाध्यताले टाढिएका,
समस्याले परदेशि बनेका,
तीन कराेड नेपालीका सन्तानलाई,
घर अाँगनीमा ल्याउन सक्दिन,
दु:खी, गरीब, असहाय र पीडितका,
आर्तले चर्याएका दर्दनाक घाउमा,
बडा दसैं बनि मलम लाउन सक्दिन,
भन्दै भावविह्वल हुँदै रून थाल्यो ।
विगतका वर्षमा हामीलाई खुसियाली दिने,
महान चाड बडा दसैं याे वर्ष आफैँ,
कुहिराेमा हराएकाे काग जस्तै,
किङ्कर्तव्यविमूढ भई,
छटपटाइ रहेकाे देखेँ ।
कैयौं वेदनाका अाँसुका समुन्द्रमा,
डुबुल्की मारी नीरस भएकाे,
बडा दसैंकाे यस्तो विरही हालतदेखि,
आफ्नाे मनलाई सम्हालिन नसकी,
त्यहीँ बेचैनमा मैले पनि यसपाली,
यस्ता महत्त्वपूर्ण कार्यमा सहभागी,
नहुने बाचा गर्दै,
सदाझैँ दसैँकै लागि भन्दै नयाँ पैसा साट्ने भइन,
दसैंमा लगाउने भनि नयाँ लुगा किन्ने भइन,
दसैँमा टीका लाउन भन्दै मामाघर जाने भइन,
घर परिवार, आफन्तसँग भेटघाट गर्ने भइन,
दसैंमा लिङ्गे पिङ, राेहाेटे पिङ खेल्ने भइन,
साथीभाइ नाता कुटुम्ब घर परिवार,
एकै ठाउँमा बसि,
चाैरासी व्यञ्जन मिष्टान्न खाने भइन,
घरकाे चार द्वारबाट बाहिर निस्कने भइन,
मनमा आफन्तका मार्मिक याद अाए पनि,
नआएझैँ कठाेर मन बनाई फाेन गर्ने भइन,
याे वर्ष सारा पृथ्वी लाेकका हामी सम्पूर्ण,
मानवले हारेकाले दसैँकाे विजय उत्सवमा,
मेराे कुनै सहभागिता हुने भएन,
विगतमा जसरि यसपालीकाे बडा दसैँसँग,
समधुर सम्बन्ध कायम गर्ने मेरा यी रहरहरू,
भाेगाइका एक अविष्मरणीय पल बनि,
जीवनका पानामा अपुराे अधुराे नै रहने भए ।