काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भनेर हुने चर्चा गलत भएको बताएका छन् । उनले न्यायपालिकामा देखिएका समस्याहरूको निदानका लागि सबैले पहल गरेर न्यायलयलाई शुद्धीकरण गरेर अघि बढ्न सकिने अवस्थामै रहेको बताए ।
शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायलय सुधारका लागि कानुनका विद्यार्थीहरूलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनुपर्ने बताए ।
न्यायपालिकामा समस्या छ, अब न्यायालयले कामै गर्न सक्दैन भन्ने कुरा आइरहेको छ । तर, वास्तवमा त्यस्तो होइन । न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भन्ने होइन, उनले भने, ‘न्यायपालिकामा पक्कै पनि विसंगतिहरू छन्, तर हामी त्यसलाई सच्याएर अघि बढ्न तयार हुनुपर्दछ । हामी सबैको होस्टेमा हैसे भएमा हामीले न्यायालयलाई शुद्धीकरण गरेर लैजान सक्छौँ ।’
उनले काुननको प्राध्यापनका लागि अलग्गै विश्वविद्यालय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘न्यायालय सुधारका लागि विश्वविद्यालयको पनि भूमिका हुन्छ । हामीले कानुनका विद्यार्थीलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनु राम्रो हुन्छ ।