Online Nepal सोमबार, बैशाख १७ २०८१

२१.९७ अंकले घट्यो नेप्से परिसूचक

२१.९७ अंकले घट्यो नेप्से परिसूचक


मध्यान्तर
  • बुधबार, भाद्र १५ २०७९

  • काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज नेप्से २१.९७ अंकले घटेर १ हजार ९७३.३८ विन्दुमा पुगेको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १२ करोड ६२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनीको भएको छ। यसको आज १० करोड ७४ लाखभन्दा बढीको कारोबार भएको छ।

    बुधबारको कारोबारमा १३ वटा उपसुचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा आरबीबी म्युचुअल फण्ड र नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्रका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, हिमालयन पावर पार्टनर र अपर सोलु हाइड्रो इलेक्ट्रिसिटिका लगानीकर्ताले अधिक्तम गुमाएका छन्।

    प्रतिक्रिया
    थप समाचार