Online Nepal मंगलबार, बैशाख १८ २०८१

अनशनरत डा.केसीलाई उपचारका लगि अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालको आग्रह

अनशनरत डा.केसीलाई उपचारका लगि अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालको आग्रह


मध्यान्तर
  • सोमबार, असोज ३ २०७९

  • काठमाडौं । स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर ८ दिनदेखि अनशनमा रहेका अभियन्ता डा. गोविन्द केसीलाई उपचारका लगि अन्यत्र लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ ।

    केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा.शेरबहादुर कमरले थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेका छन् ।

    अस्पतालले विशिष्टिकृत अस्वतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छ ।

    धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

    अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको पनि अस्पतालले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार