Online Nepal शनिबार, बैशाख २२ २०८१

सिद्धार्थ बैंकद्वारा निःशुल्क पाठेघर क्यान्सर जाँच शिविर संचालन

सिद्धार्थ बैंकद्वारा निःशुल्क पाठेघर क्यान्सर जाँच शिविर संचालन


मध्यान्तर संवाददाता
  • आइतबार, माघ ५ २०७६

  • काठमाडौं । सिद्धार्थ बैंकले शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा अन्नपुर्ण मिसास्पुचस् र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको छ । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जानेछ ।

    सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटीएम र १ हजार ६ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार