Online Nepal शनिबार, बैशाख २२ २०८१

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नगद लाभांश शेयरधनीहरूकै बैंक खातामा जम्मा

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नगद लाभांश शेयरधनीहरूकै बैंक खातामा जम्मा


मध्यान्तर
  • शनिबार, माघ ११ २०७६

  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांश शेयरधनीहरूकै बैंक खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको सेयरधनीहरूको बैंक खातामा २० पुसदेखि नगद लाभांश जम्मा गर्न थालेको हो । बैंकले पुस २९ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश करसहित सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको बैंकले जनाएको छ ।

    लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बैंकले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो । यसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूलाई लाभांश वितरण गरिएको भन्दै बैंकले हालसम्म लाभांश प्राप्त नगरेका सेयरधनीले आफ्नो सेयर अभौतिकीकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन जानकारी पनि गराएको छ ।

    प्रतिक्रिया
    थप समाचार