Online Nepal शनिबार, बैशाख २२ २०८१

एभरेष्ट बैंकको ९५औं शाखा ललितपुरको सानो गाउँमा

एभरेष्ट बैंकको ९५औं शाखा ललितपुरको सानो गाउँमा


मध्यान्तर संवाददाता
  • बिहिबार, माघ १६ २०७६

  • काठमाडौं – नेपालभर १० लाख भन्दा बढि ग्राहक रहेको र ९५ स्थानीय संजाल, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित मजबुत सेवा प्रदान गदै आईरहेको एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको सानोगाउँमा ९५औं नयाँ शाखा संचालनमा ल्याएको छ ।

    एभरेष्ट बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुशल बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले समाजमा ठुलो संख्यामा र सबै वर्गहरुलाई बैकिङ्ग सुविधा पु¥याउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।

    ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखा यसै नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा बैंकका उच्च अधिकारीहरु लगायत विभिन्न प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थितिमा रहेको थियो ।

    सानागाउँका बासिन्दाहरुले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले पूर्ण बैंकिङ्ग सुविधाको लाभ लिन पनि सक्नेछन् ।

    प्रतिक्रिया
    थप समाचार