Online Nepal शनिबार, बैशाख २२ २०८१

सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग

सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग


मध्यान्तर संवाददाता
  • मंगलबार, माघ २१ २०७६

  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धामलाई सहयोग गरेको छ । धाममा आउने भक्तजनको लागी सफा पानीे उपलब्ध गराउनको निम्ती एक थान एकहजार लीटरको पानी ट्यांङ्कीको साथै धामको नियमीत सरसफाईको लागी पाल्ने भक्तजनबाट सहयोग स्वरूप रू बीसका पांच हजार थान टिकट हस्तान्तरण गरी सहयोग गरेको हो ।

    पानी ट्यांङ्की र टिकट बंैकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरेका छन् । केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्य पश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तब्यमा पर्न सफल धाम हो ।

    बैंकले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथाअन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

    बैंकले अन्य जानकारीका लागी बैंकको वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार