Online Nepal आइतबार, बैशाख ३० २०८१

नबिल बैंकले कमायो ३अर्ब ५६ करोड रुपैयाँ

नबिल बैंकले कमायो ३अर्ब ५६ करोड रुपैयाँ


मध्यान्तर
  • बिहिबार, साउन २९ २०७७

  • काठमाडौं । नविल बैंकले गत आर्थिक वर्ष २०७६/७७को बित्तीय विवरण सार्बजनिक गरेको छ  मा ३ अर्ब ५६ करोड रुपैया  मूनाफा आर्जन गरेको छ । कोरोना महामारीका कारण बैंकको मूनाफामा गत बर्षको भन्दा केहि कमी आएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २३ करोड रुपैयाँ मूनाफा आर्जन गरको थियो ।

    बैंकको करिब १६ प्रतिशत अर्थात ६७ करोड रुपैयाँले मूनाफा घटेको हो ।कोरोनका कारण समग्र अर्थतन्त्रमा असर परेको कारण बैंकको मूनाफा घटेको हो तर पनि अन्य सूचकहरु राम्रै देखिएका छन् ।

    बैंकले गत आवमा एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यो अवधीमा १६ अर्ब ४९ करोड ब्याज आम्दानी गरेर ९ अर्ब ४७ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ७ अर्ब २ करोड कायम गराउन सफल भएको देखिन्छ । १० अर्ब ९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

    बैंकको ३ अर्ब ४ करोड रुपैयाँ वितरण योग्य मूनाफा देखिएको छ । बिहीबार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार नविलको स्प्रेड दर ३.७३ प्रतिशत रहेको छ । त्यस्तै आधार ब्याजदर ७.३२ प्रतिशत छ ।

    कस्ट अफ फण्ड ५.४९ प्रतिशत रहेको बैंकको सीडी रेसियो ६८.०८ प्रतिशत छल साथै बैैंकको प्रति  सेयर आम्दानी (इपिएस) ३७.२४ रुपैयाँ रहेको छ । गतसालको बित्तीय विवरण अनुसार  यो बर्ष करिब ३० प्रतिशत लाभांश वितरण गर्न सक्नेछ  ।

    प्रतिक्रिया
    थप समाचार