Online Nepal बुधबार, जेष्ठ २ २०८१

प्राइम लाइफको १२.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

प्राइम लाइफको १२.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत


मध्यान्तर संवाददाता
  • आइतबार, भाद्र ७ २०७७

  • काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको २५ लाख ९ हजार ९२५ कित्ता शेयर भदौ ७ गते नेप्सेमा सूचीकृत गराएको हो ।

    प्राइमले गत असार २९ गते सम्पन्न गरेको १२ औं वार्षिक साधारण सभा मार्फत उक्त बोनस शेयर पारित गरेको थियो । यो बोनस कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट वितरण गरेको हो ।

    प्रतिक्रिया
    थप समाचार