Online Nepal आइतबार, बैशाख ३० २०८१

एनआइसि एसिया बैंकले ल्यायो सुपर सिक्स योजना

एनआइसि एसिया बैंकले ल्यायो सुपर सिक्स योजना


मध्यान्तर
  • मंगलबार, भाद्र ९ २०७७

  • एनआइसि एसिया बैंकले  COVID-19 महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहक महानुभावहरूले यस बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०७७ भाद्र ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम रू. १०० सम्मको कारोबार ग्राहक महानुभावहरूले गर्नुपर्ने व्यवस्था रहेको छ ।डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले १५ हजार भन्दा बढी QR Merchants मार्फत उत्साहजनक विद्युतीय कारोबार हुंदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहक महानुभावहरूलाई प्रोत्साहन लागि यस्तो योजना ल्याएको हो । यस असाधारण समयमा ग्राहक महानुभावहरूको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । यस योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन ।डिजिटल फस्ट बैंक बन्ने आफ्नो दिर्घकालीन रणनीति अनुरूप ग्राहक महानुभावहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै आएको यस बैंकले गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले डिजिटल सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो । गत आर्थिक वर्षमा मात्रै बैंकले डिजिटल बैंकिङ्गतर्फ उल्लेखनीय उपलब्धी हासिल गर्दै हाल ८ लाख ६६ हजार डेबिट कार्ड, १२ लाख १ हजार मोबाइल बैंकिङ्ग र १ लाख १२ हजार इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताहरू पु¥याएको छ भने १५ हजार भन्दा बढी QR Merchants र करिब ४ हजार POS Merchant मार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार