Online Nepal आइतबार, बैशाख ३० २०८१

‘नबिल ब्यालेन्स् फण्ड– २’ र ‘नबिल इक्विटी फण्ड’को प्रतिफल घोषणा

‘नबिल ब्यालेन्स् फण्ड– २’ र ‘नबिल इक्विटी फण्ड’को प्रतिफल घोषणा


मध्यान्तर संवाददाता
  • बिहिबार, भाद्र ११ २०७७

  • काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल म्युचुअल फण्डअन्तर्गत संचालनमा रहेका दुई योजनाले गत आर्थिक बर्ष २०७६र७७ को नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । यस सामूहिक लगानी कोषको ‘नबिल ब्यालेन्स् फण्ड– २’ र ‘नबिल इक्विटी फण्ड’ले लाभांश घोषणा गरेका हुन् ।

    नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले संचालन गरेका यी सामूहिक लगानी कोष योजनामध्ये नबिल ब्यालेन्स्ड फण्ड–२ ले एकाइधनीलाई ९ प्रतिशतका दरले कुल १० करोड ८ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ । यो लाभांशमा करसमेत समावेश गरिएको छ ।

    त्यस्तै नबिल इक्विटी फण्डका एकाइ धनीले पनि ६ प्रतिशत नगद लाभांश पाउने कम्पनीले जानकारी दिएको छ। यसका लागि कोषले कुल ७ करोड ५० लाख रुपैयाँ वितरण गर्ने जनाएको छ। नबिल इन्भेष्टमेन्टको भदौ १० को संचालक समिति बैठकले यो लाभांश घोषणाको निर्णय गरेको हो ।

    प्रतिक्रिया
    थप समाचार