Online Nepal सोमबार, बैशाख ३१ २०८१

माछापुच्छ्रे बैंकको१०.४ प्रतिशत लाभांश घोषणा

माछापुच्छ्रे बैंकको१०.४ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • बिहिबार, असोज १ २०७७

  • काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक बर्ष ०७६/०७७ को नाफा बाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।बैंकले बोनस तथा नगदगरी कुल १०.४ प्रतिशत लाभांश प्रस्ताव गरेको बैकले जानकारी दिएको ।बैंकले ७.०३ प्रतिशत बोनस तथा करसहित ३.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ छ। बोनस वितरणपछि बैंकको चुक्ता ९ अर्ब नाघ्नेछ ।

    बैंकले गत आर्थिक बषर्मा एक अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो। जसको वितरणयोग्य नाफा ९० करोड ८२ लाख रुपैयाँ कायम भएको थियो । बैंकको साधारण जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ बचत छ।

    गत असार मसान्तसम्मको विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८० पैसा, नेटवर्थ १३६ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १४.८६ गुणा छ।

    प्रतिक्रिया
    थप समाचार