Online Nepal बिहिबार, बैशाख २० २०८१

सूचीकृत कम्पनीहरुलाई नबीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म  

सूचीकृत कम्पनीहरुलाई नबीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म  


मध्यान्तर
  • मंगलबार, असोज १३ २०७७

  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले असोज मसान्तसम्म सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नबीकरण शुल्क बुझाउन सूचना    जारी गरेको छ ।

    तोकिएको समयमा नबीकरण शुल्क नबुझाएमा १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने नेप्सेले जनाएको छ । धितोपत्र सूचीकरण बिनियमवली २०७५ को अनुसूची ३(क) र (ख) मा भएको ब्यवस्था बमोजिम आर्थिक वर्ष २०७७÷७८ को नबीरकण शुल्क बुझाउन बाँकी कम्पनीहरुका लागि नेप्सेले आज सूचना प्रकाशित गरी अनुरोध गरेको हो ।

    नेप्सेमा सूचीकृत रु. ५० करोडसम्म चुक्ता पूँजी भएका कम्पनीले ५० हजार रुपियाँ र ५० करोड भन्दा माथि चुक्ता पूँजी भएका कम्पनीहरुले १ लाख रुपियाँ नबिकरण शुल्क बुझाउनु पर्नेछ ।

    त्यसैगरी डिबेञ्चर/म्युचुअल फण्ड मध्ये रु. ५० करोडसम्म चुक्ता पूँजी भएकाले २५ हजार रुपियाँ र ५० करोड भन्दा माथि चुक्ता पूँजी भएकाले ५० हजार रुपियाँ वार्षिक नबिकरण शुल्क बुझाउने पर्ने नेप्सेद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार