Online Nepal आइतबार, बैशाख ३० २०८१

कुमारी बैंकको निःशुल्क पीसीआर परीक्षण क्याम्प संचालन

कुमारी बैंकको निःशुल्क पीसीआर परीक्षण क्याम्प संचालन


मध्यान्तर
  • बिहिबार, असोज २२ २०७७

  • काठमाडौँ । कुमारी बैंकलिमिटेडले हाल कोरोना भाइरसको संक्रमण जुध्नका लागि काठमाडौँ मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पीसीआर परीक्षण क्याम्प गरेको छ ।

    सो क्याम्प अशोज १९ गते काठमाडौँको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैँकले दिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पीसीआर परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको छ ।

    भाइरसको संक्रमणले नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंक लिमिटेडले काठमाडौँ मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो ।

     

    प्रतिक्रिया
    थप समाचार