Online Nepal आइतबार, बैशाख ३० २०८१

एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्सबिच विच्याट भुक्तानी सम्बन्धि सम्झौता

एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्सबिच विच्याट भुक्तानी सम्बन्धि सम्झौता


मध्यान्तर
  • सोमबार, असोज २६ २०७७

  • काठमाडौं । एनएमबि बैंक र चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडबिच विच्याट(WeChat) भुक्तानी प्रणाली सम्बन्धि सम्झौता भएको छ । बैंक र टेंन्सेन्टबिचको सम्झौता अनुसार नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ । एनएमबि बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्र्ने देशको पहिलो र एकमात्र बैंक रहेको जनाइएको छ ।

    टेन्सेन्ट होल्डिंग्ससंगको साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्नेछ ।
    बैंकले १.१७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्ससंग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित भएको उल्लेख गरेको छ ।

    नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनिय रहेको छ । संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनिय रहेको छ । देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको छ । पर्यटकहरुले सामना गरेको मुद्रा विनिमेयको समस्यालाई सहज बनाउने छ । साथै, चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्नेछ । यसबाट देशको विदेशी मुद्राको संचिति बढाउँन समेत सहयोग पुग्ने बैकलै जनाएको छ । विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई बिदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न समेत मद्दत पुग्नेछ ।

    एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्सकाबीच भएको साझेदारीले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउन विविध विकल्पहरूको खोजी गर्न अन्य धेरैको लागि ढोका खोल्नेछ भन्ने कुरामा बैंक विश्वस्त रहेको छ ।

    बैंकले नेपालमा डिजिटल बैंकिङ्गको परिदृश्य बदल्दै आफ्ना ग्राहकहरुलाई सहज र सरल रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्नेतर्फ द्रुत गतिमा प्रगति गरिरहेको जानकारी समेत दिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार