Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

कोरोना बिमा भुत्तानी तीन दिनमा उपलब्ध गराउनु : अर्थ मन्त्रालय

कोरोना बिमा भुत्तानी तीन दिनमा उपलब्ध गराउनु : अर्थ मन्त्रालय


मध्यान्तर
  • बिहिबार, मंसिर १८ २०७७

  • काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको रकम तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। कोरोना विमा भुक्तानीको दाबी गर्न पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन र मन्त्रालयलाई नियमित जानकारी गराउन बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

    त्यस्तै भेरिफिकेसन गर्न बाँकी दाबीको भेरिफिकेसन यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउनसमेत अर्थमन्त्रालयले सम्बन्धित बीमा कम्पनीहरूलाई  निर्देशन दिएको छ । कोरोना दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरूबाट प्राप्त दाबी भुक्तानीमा देखिएका समस्या‚ बीमा कम्पनीमा पेन्डिङमा रहेका दाबीका विवरण र समस्या समाधानका लागि समितिबाट भएको प्रयास र मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषयहरूका बारेमा विस्तृत जानकारी गराउन पनि मन्त्रालयले बीमा कम्पनीलाई निर्देशन दिएको छ।
    कोरोना बीमाको हालसम्मको दाबी संख्या‚ भेरिफिकेसनका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या‚ भेरिफिकेसन नभएका वा नक्कली दाबीको विवरण‚ दाबी भुक्तानीको विवरण र सबै कागजात पुरा भई भुक्तानी गर्न बाँकीको विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ।

    प्रतिक्रिया
    थप समाचार