Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सविच बीमा सेवा सम्झौता

मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सविच बीमा सेवा सम्झौता


मध्यान्तर
  • शनिबार, चैत्र ९ २०७५

  • काठमाडौं । मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सविच बीमा सेवा सम्झौता भएको छ । सम्झौतामा मुक्तिनाथ बिकास बैंक लि.को तर्फबाट कार्यवहाक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार मुक्तिनाथ बिकास बैंकले देश भर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्न पाउनेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट काबार प्रारम्भ गरेको छ ।

    इन्स्योरेन्स कम्पनीले काठमाडौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाडौ उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार