Online Nepal मंगलबार, बैशाख २५ २०८१

यूनाइटेड सिमेन्ट्सद्वारा निशुल्क स्वास्थ्य शिविर संचालन, ५५० भन्दा बढीले गरे स्वास्थ्य परिक्षण

यूनाइटेड सिमेन्ट्सद्वारा निशुल्क स्वास्थ्य शिविर संचालन, ५५० भन्दा बढीले गरे स्वास्थ्य परिक्षण


मध्यान्तर
  • सोमबार, चैत्र २५ २०७५

  • काठमाडौं । के.एल. दुगड ग्रुपद्वारा प्रवद्र्धन गरिएको यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिको संयुक्त आयोजनामा धादिङ धुनिवेशीमा एक दिने निःशुल्क हेल्थ क्याम्प संचालन गरिएको छ । टायल घरस्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा शिविर सञ्चालन गरिएको हो।

    धुनिवेशी नगरपालिका अन्तर्गत विभिन्न ठाउँबाट लगभग ५ सय ५० भन्दा बढीले शिविरमा स्वास्थ्य जाँच गराएका थिए । शिविरमा मुख्य रुपमा आँखा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो ।

    शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उपप्रमुख निरु खरेल लगायत वडा नं. ९ को अध्यक्ष साँइला राई तथा विभिन्न राजनितिक पार्टीका प्रतिनीधि साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।

    यूनाइटेड सिमेन्ट्सले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत विगतमा पनि यस्तो कार्य गर्दै आएको र आगामी दिनमा पनि अझ बृहत ढंगले संचालन गर्ने लक्ष्य रहेको उद्योगले जनाएको छ । गतबर्ष पनि धुनिवेशीस्थित विभिन्न सरकारी विद्यालयमा यूनाइटेड सिमेन्ट्सले शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो भने एम्बुलेन्स तथा एम्बुलेन्स सेवा संचालनका लागि आर्थिक सहयोग पनि यूनाइटेडले उपलब्ध गराएको थियो ।

    स्वास्थ उपचारबाट कोही पनि नागरिक बञ्चित हुन नपरोस भन्ने धेयका साथ कार्यक्रम आयोजना गरेको यूनाइटेड सिमेन्ट्सले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार