Online Nepal शनिबार, बैशाख २९ २०८१

एभरेष्ट बैंकको केन्द्रिय कार्यालयमा सिल

एभरेष्ट बैंकको केन्द्रिय कार्यालयमा सिल


मध्यान्तर
  • सोमबार, साउन २६ २०७७

  • काठमाडौं । एभरेष्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीलाई ’कोरोना संक्रमण’ देखिएपछि दुई दिनका लागी सम्पुणर् कामकाज बन्द गरि सिलगरिएको छ । त्यसैगरी संक्रमण नदेखिएका अन्य कर्मचारीहरुलाई ’होम आइसोलेसन’ मा राखिएको छ । गत शुक्रबार कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएको हो ।
    संक्रमण पुष्टि भएपछि बैंकका कर्मचारीमा त्रासको अवस्था रहेको त्यहाँ कार्यरत कर्मचारीहरुले बताए । उनीहरुका अनुसार, कर्मचारीलाई दुई दिनका लागि होम आइसोलेसनमा बस्न भनिएको छ । साथै दुई दिनपछि र्बैंकको संचालक समितिको बैठक भएकाले बुधबार कार्यालय खोल्ने सर्कुलर गरिएको छ । यसै गरी बैंकको कपिलवस्तु र वीरगञ्जस्थित शाखाका कर्मचारीहरुलाई पनि संक्रमण देखिएको छ।

    प्रतिक्रिया
    थप समाचार