Online Nepal सोमबार, बैशाख १७ २०८१

गोसाइकुण्ड मेला स्थगित

गोसाइकुण्ड मेला स्थगित


मध्यान्तर
  • शनिबार, साउन १० २०७७

  • विश्व भरीभरी फैलिएको कोरोना भाइरसको कारण हिन्दुहरुले मेला गर्दै आएका पवित्र तिर्थस्थल रसुवा जिल्ला स्थित गोसाइकुण्ड मेला यो वर्ष स्थिगित भएको छ । गोसाइकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड १९ को संक्रमण रोक्न धार्मीक स्थल तथा मठ मन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई अनुसरण गर्दै यही साउन १५ गते पुत्रदा एकादेशी देखि १९ गते जनै पुर्णीमा सम्म लाग्ने मेला स्थगित गरेको हो । उक्त समितिको अध्यक्ष सन्जीव डिएमले शुक्रबार प्रेश विज्ञप्ती जारी गर्दै गोसाई कुण्ड जाने यात्रुको लागी बास बस्न तयारी गरीने अस्थाई टहरो लगायत सबै व्यवस्थापकिय काम समेत बन्द गरिएका बताए ।
    कोरोना संक्रमणको कारण गत जेठ महिनाको पर्व समेत प्रभावित बनेको बताउदै अध्यक्ष डिएमले रोग नियन्त्रण भए पश्चात समितिको तर्फ बाट यस क्षेत्रमा गर्नुपर्ने सबै धार्मीक सेवाहरु नियमित रुपमा अगाडी बढ्ने जानकारी दिनु भयो ।

    प्रतिक्रिया
    थप समाचार