Online Nepal आइतबार, बैशाख ३० २०८१

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते हुने

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते हुने


मध्यान्तर
  • शुक्रबार, असोज २ २०७७

  • काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा आगामी  मंसिर ११ र १२ मा हुने भएको छ।यो साधरण सभाले निर्वाचन समेेेत गर्नेछ ।                                                      शुक्रबार बसेको पदाधिकारी बैठकले साधारणसभाको मिति तय गरेको महासंघले जनाएको छ । काठमाडौंमा साधारणसभा हुने समेत कोरोना सक्रमणले काठमाडौंमा हुन नसकेको अवस्थामा अन्य विकल्पमा तयार गरेर भए पनि साधारणसभा हुनेछ । 

    महासंघको ५४औं साधारणसभा नियमित रूपमा हुनका लागि चैत २८ र २९ गते काठमाडौंमा हुने तय भएको थियो। तर कोरोना महामारीको संकट सुरु भएकाले जेठको पहिलो साताका लागि तय गरिएको थियो। जेठमा पनि साधारणसभा हुन नसकेपछि साउन २६ र २७ गते का लागि ललितपुरमा गर्ने गरी सारिएको थियो। साउनमा पनि सभासम्मलन गर्न सरकारले फुकुवा नगरेकाले साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको थियो। सो साधारणसभा सभा सम्मेलन गर्न दिएको १५ दिनभित्र गर्ने भन्ने निर्णय भएको थियो। साउनमा हुने भनिएको साधारणसभा स्थगित भएसँगै व्यावसायीहरूको विवाद सुरु भएको थियो।

    निर्वाचनको विषयमा दुई खेमा बिच विवाद भएसँगै महासंघले निर्वाचनको मोडालिटी र मिति तय गर्न कार्यदल समेत गठन गरेको थियो। कार्यदलले तीन मोडालिटीबारे सुझाव दिएको थियो ।सरकारले निषेधाज्ञा र लकडाउन खोलेसँग महासंघ पदाधिकारीको बैठकले साधारणसभाको मिति टुंग्याएको हो।

    प्रतिक्रिया
    थप समाचार