Online Nepal आइतबार, बैशाख १६ २०८१

कोरोना संक्रमितलाई व्यवस्थित गर

कोरोना संक्रमितलाई व्यवस्थित गर


मध्यान्तर
  • शनिबार, कार्तिक १ २०७७

  • नेपालमा दिनदिनै कोरोना संक्रमण बढ्दै गइरेहेको छ । औसत ३ हजार पैंतिससयको हाराहारीमा कोरोना संक्रमण भइरहँदा सरकारले पीसीआर परिक्षण भन्दा अरु केहि गरेको छैन । यसलाई समुदाय स्तरमा फैलिन नदिन कुनै योजना तथा कार्यक्रम छैन । एउटा कोरोना संक्रमितले न अस्पताल पाउँछ न आइशोलेसन । खाली आफ्नै घरमा बस्न बाध्य हुन्छ । उ घरमा बस्दा उसका परिवार, छिमेकी, तथा आफन्तलाई सारिरहेको छ । जसले गर्दा सरकार कोरोना नियन्त्रण तथा व्यववस्थित गर्न होइन की बृद्धि गर्न तिर लागि रहेको छ ।

    दिनकै पत्रकार सम्मेलनबाट यो ठाउँमा यति नयाँ संक्रमण थपिए यतिको मृत्यु भयो भन्नेबाहेक केहि काम गरेको छैन । यसले गर्दा हाम्रो जस्ता गरिब तथा विकासोन्मुख देशमा कोरोना भाइरस नियन्त्रण बाहिर जाने देखिनछ । सरकारले विभिन्न मापदण्ड बनाएको छ । त्यो खोइ कार्यान्वयन गर्न सकेको ? खाली सरकार आन्तरिक द्वन्द तथा राजनीतिक भागबण्डामा केन्द्रीत छ । नेपालीहरुको महान पर्व दशैं तिहार लगायत ठूला चाडपर्व आइरहेका छन् । त्यहाँ धेरै मानिसहरुको भेटघाट उपस्थिति हुन्छ । त्यसलाई व्यवस्थित गर्न खोइ सरकारको योजना ? देश तथा विदेशका विभिन्न ठाउँहरुबाट मानिसहरु चाडपर्व मनाउन आउँदा आफ्नो गाउँघरका साथीभाईसँग भेटघाट हुन्छ ।

    को कहाँबाट आयो ? त्यसको न सरकारसँग रेकर्ड छ न स्वास्थ्य परिक्षण छ । अनि कोरोना नबढेर घट्छ त ? सरकारले अहिलेसम्म कोरोना नियन्त्रण सम्बन्धि गरेको कामले के कस्ता नतिजा निकाल्यो ? अर्बौं खर्च भयो लाखौं संक्रमित भए, सातसय भन्दा बढीको मृत्यु भइसक्यो । त्यहि होइन त उपलब्धि ? आज जनता कोरोनाका कारण भोकभोकै मर्न बाध्य भएका छन् । कोरोनाका कारण अन्य रोगका विरामहिरुले उपचार पाउन सकेका छैनन् । ति बिरामीको जिम्मा सरकारले लिनु पर्दैन ? आज नीजि तथा सरकारी अस्पतालले कुनै कोरोना बाहेकका बिरामीलाई उपचार गर्न मान्दैनन् । पीसीआर गरेर मात्र आउनु भनिन्छ ।

    पीसीआर गर्न त्यो बिरामी जान सक्दैन र गर्न पनि सक्दैन । त्यस्तै पीसीआर रिर्र्पोट पोजेटिभ हुने बिरामीलाई झन अस्पतालको गेटबाट नै छिर्न दिईंदैन । अनि यो सरकारको कस्तो नीति छ भन्ने थाहा पाउन कठिन छैन । कोरोना लाग्यो भने मर भनेको हो ? नत्र भने निःशुल्क र व्यवस्थित तरिकाले उपचार गर्नुपर्दैन ? यस्तो गैर जिम्म्ेवार बन्न मिल्छ ? अब आम जनताले सरकारको खबरदारी गर्ने बेला आएको छ । जनताले पद र नियुक्ति तथा भागबण्डाको लागि यो ररकारलाई दुई तिहाइ मत दिएका होइनन् ।

    सरकारले तत्काल कोरोना नियन्त्रणका लागि जतिपनि संक्रमितहरुलाई होम आइसोलेसमा होइन अस्पताल र छुट्टै आइसोलेशनको व्यवस्था गर्नुपर्छ । छुट्टै कोरोना अस्पताल र चिकित्सकको तत्काल व्यवस्था गरी मानिसहरुको भिडभाडलाई नियन्त्रण गर्ने दिर्घरोगी तथा कोरोना बाहेकको रोगीहरुलाई उपचार गर्ने र नाकानाकामा कडाई गरी व्यवस्थित गराउनुपर्दछ ।

    प्रतिक्रिया
    थप समाचार