विश्वमा कोरोनाको दोस्रो लहर सुरु भए सँगै विभिन्न देशमा अंशिक तथा पूर्ण लकडाउन सूरु भएको छ । हाम्रो देश नेपालमा पनि दोस्रो चरणको कोरोनाको सक्रमण तिव्र रुपमा बढेसँगै आजबाट शहरकेन्द्रित लकडाउन (निषेधाज्ञा) लगाएको छ । गत वर्ष ६ महिना भन्दा बढि लकडाउन लगाएको सरकारले नत कोरोना नियन्त्रण गर्न सक्यो नत अर्थतन्त्र जोगाउन सक्यो खालि लकडाउन लकडाउनमा मात्र सिमित भयो । राजनितिक दलमा कार्यक्रम, गोष्ठी भए तर जनताका कामहरु हुन पाएनन बरु घरमै थुनिएर वस्न बाध्य भए। हजारौंको रोजगारि गुम्यो, विद्यालय विश्वविद्यालय बन्द भए, कलकारखाना बन्द भए तर सरकार खालि रमिते बन्यो । अब फेरी लकडाउन सूरु गरेको छ । दोस्रो चरणको कोरोना संक्रमण रोक्न र फैलिन नदिन लकडाउनको पूर्ण रुपमा पालना भएको छैन सरकारी र पहुँचवालालाई लकडाउन लाक्दैन उनिहरु जहाँत्यहिँ घुमफिर गरिरहन्छन्। तर सोझासाझा जनताहरु घरमा थुनिएर बस्नुपरेको छ । सरकारले अस्पताल ,अक्सिजन,भेन्टीलेटर आदि केहि बढाउन सकेकको छैन । खालि जनता थुन्ने काम मात्र गरेको छ । यस्तो लकडाउनले कोरोना नियन्त्रण हैन कि झन भयाबह हुने देखिन्छ त्यसैले लकडाउन लकडाउनका लागी मात्र होइन रोग फैलिन नदिन एउटा साधन बनोस यो कुरा सरकारले बुझोस । रोग व्यक्ति ,पावर, पदका व्यक्तिहरुलाई छानेर लाग्ने कुरा होइन । सरकारले अतिआवश्यक भन्द वाहेक अन्य पहुच र पावर हुनेलाई पनि घरभित्र बसाल्न सक्नुपर्दछ । अर्को यो लकडाउन कहिलेसम्म हुन्छ यकिन छैन, गरिव जनतालाई तत्काल राहत र सहुलेतको व्यवथा गनुपर्दछ । अथवा रोगले भन्दा नि भोकले मर्ने डर हुन्छ । लकडाउनलाई सरकारको एउटा काम मात्र देखाउनु हुँदैन यसलाई पूर्ण व्यवस्थित रुपमा पालना गर्नु हामी सबैको दायीत्व हो ।