Online Nepal शनिबार, जेष्ठ ५ २०८१
बैदेशिक शिक्षा

नेपाल देखि अष्ट्रेलियासम्म एजुकेशन कन्सलटेन्सीहरुको लुटतन्त्र

नेपाल देखि अष्ट्रेलियासम्म एजुकेशन कन्सलटेन्सीहरुको लुटतन्त्र


मध्यान्तर
  • मंगलबार, फाल्गुन ७ २०७५

  • तस्बिर : विद्यार्थी ठग्ने अष्ट्रेलिया ईन्सिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी कलेज

    काठमाडौं । नेपालका एजुकेसन कन्सलटेन्सीहरुले विद्यार्थीहरुको भविष्य माथि खेलावाड गर्ने गरेको खुलासा भएको छ । विद्यार्थीहरुलाई सुनौ भविष्यको सपना देखाएर अष्ट्रेलिया सम्म पु¥याएका कन्सलटेन्सीहरुको भ्रष्ट जालोको पर्दाफाँस भएको छ ।

    यसमा नेपालका नाम चलेका कन्सलटन्सीहरु रहेका छन् । ति कन्सलटन्सीहरुले नेपाली विद्यार्थीहरुलाई ठग्ने गरेको पाईएको छ । दुख गरि कमाएको पैसा खर्च गरेर छोराछोरीको सुनौलो भविष्य निर्माणको लागि आर्जेको सम्पत्ति लुट्नका लागि मिठो सपना देखाउने गरेका पाईएको छ ।

    नेपालका विभिन्न कन्सलटेन्सीहरुबाट नर्सिङ पढ्नको लागि भने अष्ट्रेलियाको अष्ट्रेलिया ईन्सिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी (एआईबिटी) कलेजमा पुगेका करिब हजार जनाभन्दाबढि विद्यार्थीहरुको अहिले विचल्ली भएको छ । उनीहरुलाई कन्सलटेन्सीहरुले यहाँबाट पठाउँदा दुई वर्ष डिप्लोमा र एड्भान्स डिप्लोमा अफ नर्सिङ सक्काएपछि ब्याचोलर लेबल अर्थात स्नातकको पढाई दुई वर्ष मात्र गर्नुपर्ने बताएर पठाइएका थिए ।

                                                     तस्बिर : अष्ट्रेलियामा ठगिएका विद्यार्थीहरु

    अहिले उनीहरुले सोहि कलेज मार्फत डेढवर्ष पढाई गरिसकेपछि भने उनीहरु ठगिएको थाहा पाएका छन् । उनीहरुले यत्रो लगानी गरेर ढेड वर्षदेखि पढ्दै आएको कलेज दर्ता नै नभएको पाईएको छ । सुरुवातमा अष्ट्रेलियाँ जाँदा कलेजले आफ्नो बेवसाईडमा अर्कै कुराराखेको र अहिले त्यसको विपरित काम गरिरहेको उनीहरुको दाबि छ ।

    यसमा स्पष्ट रुपमा कन्सलटेन्सीहरुकै गल्ति देखिन्छ । अष्ट्रेलियाको नाम मात्रै सुनेका नेपाली विद्यार्थीहरुलाई यसबारे जानकारी हुदैन । विद्यार्थीहरुले कन्सलटेन्सीहरुले दिएको जानकारी अनुसार नै त्यहाँका कलेजहरुमा पढ्न जाने गर्छन् । तर, कन्सलटेन्सीहरुले भने उनीहरुलाई ठगेर पैसा मात्र लुटेको छैन् । उनीहरुको भविष्यमाथि खेलवाड समेत गरेको छ । विद्यार्थीहरुको डेढ वर्ष खेर गएको छ ।

    अहिले विद्यार्थीहरुको लगानी पनि डुब्यो र समय नि बर्बाद भएपछि उनीहरु आफुहरुलाई मानसिक समस्या सिर्जना भएको बताउछन् । त्यो बेला कन्सलटेन्सीहरुले उनीहरुलाई दिएको अफर लेटरमा अण्डर गोईङ एट्रिटेशन भनेर लेखिएको थियो । त्यस्तै विद्यार्थीहरु भन्छन्, ‘ कलेजको समस्याबारे सेप्टेम्बर सम्म फिक्स गर्छु भनेको थियो । हामीले त्यो दिन पर्खदा पर्खदै यत्रो दिन भैसक्यो । कलेज पनि रजिष्टर भएन र यो जानकारी हामीले आज भर्खरै मात्र पायौ ।’ उनीहरुले भने्, ‘कलेजको रजिष्ट्रेशन पनि फेल भयो ।’

    अहिले यहि कारणले एआईबिटी कलेज नै पुर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको छ । उनीहरुले जहाँ सम्म अर्को कलेज जानै पाउँदैनन् । त्यस मध्येमा जसले जान पाउछन् । उनीहरुलाई एआईबिटीबाट रिलिज लेटर चाहिन्छ । अर्को कलेजमा जाँदा पनि पहिलेको पढेको डेढ वर्ष यत्तिकै खेर जान्छ । उनीहरुको अर्को कलेजमा अहिलेको कलेजको भन्दा दोब्बर पैसा तिरेर पढ्नुपर्ने हुन्छ ।

    यि हुन विद्यार्थी ठग्ने कन्सलटेन्सी
    अष्ट्रेलियामा रहेका विद्यार्थीहरुले दिएको जानकारी अनुसार नेपालका नाम चलेका  कन्सलटेन्सीहरुले बढि ठग्ने गरेका छन् । यसको टप लिष्टमा माईग्रेसन एण्ड एजुकेशन कन्सलटेन्सी रहेको छ । यो कलेजमा उक्त कन्सलटेन्सीका बढि स्टुडेण्ट रहेका छन् । यसैगरि दोस्रो नम्बरमा मर्सि कन्सलटेन्सी परेको छ ।

    यसैगरि एक्सपर्ट कन्सलटेन्सी, अल्फाबिटा, कंगारु एजुकेसन फाउण्डेसन, बेव फ्रमिस सर्भिस, सनराईज, काठमाडौं ईन्फोसिस, एनमार्क एजुकेसन, पोखरा, एबीसी, एक्सपर्ट लगायतका कन्सलटेन्सीहरु रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार