Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अष्ट्रेलियामा विद्यार्थी अलपत्र परेको समस्याबारे कंगारुको स्पष्टिकरण

अष्ट्रेलियामा विद्यार्थी अलपत्र परेको समस्याबारे कंगारुको स्पष्टिकरण


मध्यान्तर
  • बिहिबार, फाल्गुन ९ २०७५

  • अस्ट्रेलियाको अलपत्र परेका विद्यार्थीहरुको विषयमा कंगारू एजुकेसन फाउन्डेसनले स्पष्टिकरण दिएको छ । कंगारुले विहिबार एक प्रेस विशाप्ति जारि गर्दै स्पष्टिकरण दिएको हो । साथै कंगारुले वास्तविकताबारे बुझिदिनको लागि सबैलाई आग्रह समेत गरेको छ ।

    एक नर्सिङ कलेजमा अध्ययनरत एक हजारभन्दा बढी नेपाली विद्यार्थीको भविष्यमा अन्योल देखिएको भन्दै पछिल्लो समय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भइरहेका छन् उता उक्त समस्याहरु  हटाउन नेपाली दूतावास र सम्बन्धित निकायहरूले पहल थालेको जनाएका छन् ।विद्यार्थीहरूको फसेको रकम र बाँकी अध्ययनको व्यवस्थापन गर्न प्रयास भइरहेको उनीहरूले बताएका छन् ।

    यस्तो छ विज्ञप्ति

    आदरणीय विधार्थी, अभिभावक, मिडियाकर्मी मित्रहरु तथा अन्य सरोकारवाला साथीहरु, अस्ट्रेलियाको सिड्नी तथा ब्रिसबेनमा रहेको AIBT College को सम्बन्धमा अस्ट्रेलियन सरकारको Australian Skills Quality Authority (ASQA) ले दर्ता खारेज गर्न नर्णय गरेपछि नेपाली विद्यार्थी तथा अभिभावक लगायत अन्य शुभचिन्तकहरुमा पर्न गएको असुविधा, असामन्जस्य तथा अन्योललाई सम्बोधन गर्नका लागि कृपया निम्न कुराहरु निबेदन गर्न चाहन्छौं ।

    समस्या

    १) अस्ट्रेलियन सरकारको RTO तथा CRICOS मा दर्ता रहेको कलेजले विदेशी विधार्थीहरु भर्ना लिन पाउने प्रावधान भएपनि नर्सिङ रजिस्ट्रेसनका लागि हुनुपर्ने NMBA/ ANMAC को दर्ता नभएकोले यो समस्या आएको हो ।

    २) कलेजले पहिले नै ANMAC मा दर्ता नभएको कुरा अफरलेटरमा उल्लेख गरेको भएपनि September 2018 भित्रमा हुन सक्ने बताएको तर हालसम्म कुनै प्रगति नभएपछी विद्यार्थीहरुमा अन्योल छाएको थियो ।

    ३) यसैबीचमा AIBT को नर्सिङ डिप्लोमा सँग Pathway Package भएका युनिभर्सिटीहरुले Packaged Offer फिर्ता गरेको कारणले समस्या सतहमा आयो ।

    ४) Australian Skills Quality Authority (ASQA) ले समस्या देखिएको कारणले AIBT को दर्ता खारेज गर्र्ने िनर्णय गरेपछि विद्यार्थीहरुमा आफूले पढेको कोर्स, विषयहरु, यसको मान्यता र भिषाको अवस्थाको बारेमा सहि जानकारी भन्दा पनि भ्रम पुर्ण अफवाह फैलिएकोले पिडा र अन्योल थपिएको छ ।

    समाधानः

    १) हरेक अन्तराष्ट्रिय बिद्यार्थीको सुरक्षा तथा संरक्षणलाइ अस्ट्रेलियन सरकारले उच्च प्राथमिकतामा राख्ने भएकोले Qualification Recognition, Education Services for Overseas Students (ESOS) Framework/TPS र (Tuition Protection Service)  मार्फत विद्यार्थीको पढाई र तिरेको शुल्कको पूर्ण सुरक्षण गरिएको हुन्छ । हामी विद्यार्थीहरुलाइ उक्त प्रक्रियाको लागि बिज्ञहरुको सहयोगमा परामर्श प्रदान गरिरहेका छौं ।

    २) हामी आवद्ध संघहरु ECAN / AAERI Nepal तथा अन्तरास्ट्रिय निकायहरु Consulate General of New South Wales, Council of International Students Australia (CISA), AECA संग को निरन्तर सहकार्य मा हामी यो समस्यालाई समाधानमा लिएर जान दिनरात लागि परेका छौं ।

    ३) नेपालको शिक्षा मन्त्रालय, अस्ट्रेलियाको Department of Home Affairs, Department of Education and Training लगायत सँग पनि हामी आवद्ध संघ मार्फत पहल गरिरहेका छौं ।

    ४) कंगारूका हरेक अफिसमा सम्पर्क अधिकारी तोकेर विधार्थी, अभिभावकलाई उचित सहजीकरण भैरहेको छ । यस समस्यालाई कंगारूले परामर्श गरेका केहि सिमित विधार्थीको समस्या को मात्र रुपमा नलिई हामीले समग्र नेपाली विद्यार्थीको समस्याको रुपमा लिएका छौं र समाधानका लागि हरेक कदम चलिरहेका छौं ।

    ५) कंगारूको सिड्नी स्थित कार्यालयमा हाम्रा सबै विधार्थीहरुलाई बोलाएर उपयुक्त विकल्प र समाधानका लागि सहयोग गर्ने काम पनि भैरहेको छ ।

    तसर्थ यस असहज परिस्थितिमा सम्पूर्ण विधार्थी तथा अभिभावकहरु, मिडियाका आदरणीय मित्रहरु तथा अन्य शुभचिन्तकहरुमा धैर्य नगुमाईकन मिलेर यो समस्यालाई समाधानमा हाम्रो साथमा रहनको लागि हार्दिक अनुरोध गर्दछौं धन्यबाद ।

    आकस्मिक सहयोगका लागि सम्पर्कहरुः

    तज्विद आलम, अस्ट्रेलिया, फोन नं. : ६१४५०५८७६२५
    सुशन घिमिरे, नेपाल, फोन नं. : ९७७१४२३३१०७

    महेश बाबु तिमल्सिना

    संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत
    कंगारू एजुकेसन फाउन्डेसन
    काठमाडौँ, नेपाल

    प्रतिक्रिया
    थप समाचार