Online Nepal शनिबार, जेष्ठ ५ २०८१

अष्ट्रेलियामा नेपाली विद्यार्थी यौन धन्दामा, यसरी गर्छन् ब्यापार

अष्ट्रेलियामा नेपाली विद्यार्थी यौन धन्दामा, यसरी गर्छन् ब्यापार


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १० २०७५

  • काठमाडौं । अष्ट्रेलिया हरेक नेपाली विद्यार्थीहरुको सपनाको देश हो । उच्च शिक्षाा अध्यइानका लागि नेपाली विद्यार्थीहरु अधिक मात्रामा अष्ट्रेलिया पुग्छन् । नेपालबाट आमा बुवाले हरेका छोराछोरीलाई उच्च शिक्षा अध्यायन गर्नका लागि अष्ट्रेलिया पठाउछन् ।
    तर, त्यहाँ जाने नेपाली युवतिहरु भने अध्यायन भन्दापनि यौन व्यावसायमा मस्त हुन्छन् ।

    उनीहरुले डलर कमाउने आशमा यस्तो पेशा अंगालेका हुन्छन् । हुनत, अष्ट्रेलिया पुगेका नेपालीहरुको कमाई पनि राम्राो हुन्छ । त्यहाँ शिक्षासंगै कमाई गर्न पनि सहज हुन्ँछ । तर, युवतिहरुका लागि त्यो माध्यम सजिलो हुने भएकाले उनीहरु यस्तो माध्यम अपनाउछन् । सन् २०१९ को आँकडा भने आएको छैन् । तर, अष्ट्रेलियामा नेपालीहरु वर्षेनी बढिरहेका छन् ।

    त्यससंगै नेपाली युवतिहरु विदेशीने क्रमपनि बढिरहेको छ । उनीहरुले त्यहाँ पुगेर उच्च शिक्षा हासिल गर्लानन र सुनौलो भविष्य बनाउलान भन्ने आमाबुवाको चाहानालाई मार्दै नेपाली युवतिहरु विज्ञापन नै गरेर यौन व्यावसाय गर्न तल्लीन हुन्छन् । नेपाली विद्यार्थी, गैरआवासीय नेपालीबीचमा मात्रै हैन आमसञ्चार र अनलाइनमा समेत खुल्लम खुल्ला यौनव्यापार गर्ने गरेको खुलेको छ।

    अस्ट्रेलियाको एयु डट इस्कोका डटकमले नेपाली यौनकर्मी महिलाको खुलेआम विज्ञापन गर्छ । हट नेपाली गर्ल फर ब्रिफ टाइम (केही समयका लागि नेपाली आकर्षक युवतीहरू) भनेर यसले आफ्नो अनलाइनमा निरन्तर विज्ञापन गरिरहन्छ। यौनकर्मी नेपाली महिलाबारे जानकारीसहित एजेन्सीको फोन नम्बर राख्छ यो पोर्टलले।

    उदाहरणका लागि मिया छ नाम गरेकी एक नेपाली विद्यार्थीको यौन विज्ञापन गरिएको छ। त्यसमा लेखिएको छ, ’हाई ! विश्वविद्यालयमा अध्ययरत २१ वर्षीया छात्रा मिया हुँ। म अत्यन्तै खुसी भएर व्यावसायिक सेवा प्रदान गर्छु।’ युवतीको स्तनको साइज समेत लेखिएको विज्ञापनमा भनिएको छ, ’म ४४ केजी तौलकी छु। म एक विशेष प्रेमिकाको अनुभव हुने सेवा दिनेछु।’

    स्कोकाको यो अनलाइनमा मात्रै हैन अन्य थुप्रै यौनकर्मको व्यवसाय गर्ने पोर्टलमा पनि यस्तै विज्ञापन गरिएका प्रशस्तै भेटिन्छन्। घुमट्री डटकम डट एयु नामक अर्को अनलाइन पोर्टलले पनि नेपाली यौनकर्मी महिलाबारे सार्वजनिक विज्ञापन गरेको छ। नेपाली यौनकर्मीसँगको यौन अनुभवका ब्लगहरू पनि भेटिन थालेका छन्। रेडिट डटकम नामको एक अनलाइनमा एक युवाले आफूले अस्ट्रेलियामा नेपाली यौनकर्मीसँग गरेको सहबासको वृत्तान्त लेखेका छन्।

    कुन वर्षमा कति नेपाली त्यहाँ पुगे ?
    सन् २०१८ को मार्च १ मा अस्ट्रेलियाको सिड्नी हेराल्ड पत्रिकामा चिनियाँ र भारतीयपछि नेपालका विद्यार्थी अस्ट्रेलियामा रहेको समाचार छापेको थियो। २०१७ को डिसेम्बरदेखि २०१८ को जुलाईभित्र १२ हजार नेपाली विद्यार्थी अस्ट्रेलिया जान आवेदन दिएको समाचार जनाइएको छ।

    अस्ट्रेलिया सरकारको व्यापार तथा लगानी आयोगको आधिकारी वेबसाइट अस्ट्रेड डट जिओभी डट एयुले पनि अस्ट्रेलियामा नेपालीको संख्या बढ्दो क्रममा रहेको देखाएको छ। उक्त साइटमा एमी गोड्फेले लेखेको आलेखअनुसार नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीको वृद्धि अत्यन्तै धेरै छ। अस्ट्रेलियामा जानेको व्यापक वृद्धिदर भएका देशमा कम्बोडिया र मंगोलियापछि नेपाल सहेको गोड्फेले लेखेकी छन्। उनका अनुसार नेपालबाट अस्ट्रेलिया जानेको ३०.९ प्रतिशतका दरले वृद्धि भइरहेको छ।

    केही वर्षअगाडिसम्म अस्ट्रेलियाबाट नेपाल आउने खबरमा राम्रो पढाइ, राम्रो कमाइ र स्थायी बसोबास थिए। अहिले खबर परिवर्तन हुँदैछन्। नेपालीलाई काम पाउन समस्या हुन थालेको छ।

    यो पनि पढ्नुहोस्

    अस्ट्रेलियामा अलपत्र विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिस कन्सल्टेन्सीले दियो ज्यान मार्ने धम्की (भिडियोसहित)

     

    १०–२० लाख ऋण काढेर अस्ट्रेलिया पुगेकाहरुलाई सातामा २० घन्टा मात्रै काम गर्न पाउनाले पढाइ खर्च तिर्न समस्या भएका छन्। घरमा पैसा पठाउने र आएको ऋण तिर्न नसकेका खबर छन्। सबैभन्दा तितो खबरचाहिँ नेपाली युवती अस्ट्रेलियामा यौनकर्मी हुन थालेका छन्।

    केही समयअगाडि अस्ट्रेलियाका लागि नेपाली राजदूत योगेन्द्र ढकालले नेपाली युवती यौनकर्ममा फसेको आशंका गरेका थिए। यसबारे नेपालका कन्सल्टेन्सीलाई सचेत गराउन र नेपाली विद्यार्थीलाई जानकारी दिन राजदूत ढकालले परराष्ट्र र अर्थ मन्त्रालयलाई पत्रसमेत पठाएको साझा डटकमको समाचारमा उल्लेख छ।

    किन यौनकर्ममा धकेलिन्छन् नेपाली युवती?

    नेपालबाट अध्ययन गर्न गएका युवती अस्ट्रेलियामा यौनकर्ममा धकेलिने आर्थिक कारण भएको अस्ट्रेलियामा हुनेहरूको तर्क छ। परिवारबाट १०-२० लाख रकम ऋण लिएर पढ्न आएपछि ऋण र पढाइ शुल्क तिर्न अन्य काममा राम्रो आम्दानी नभएपछि यस्तो हुने बताइन्छ।

    नेपालबाट एकजना विद्यार्थी सामान्यतया थोरैमा १० लाख रकममा अस्ट्रेलियामा अध्ययनका लागि पुग्छन्। केही अपवादबाहेक औसत नेपालीका सन्तान कमाउँदै पढ्न र पढ्दै कमाउन अस्ट्रेलिया पुग्छन्। एकातिर ऋणको ब्याज, अर्को्तिर पढाइ खर्च र बसोबास खर्च यी सबै कुराको व्यवस्थापन गर्न धेरैलाइ हम्मेहम्मे हुन्छ।

    अस्ट्रेलियामा हप्तामा कानुनी रूपमा २० घन्टा मात्रै काम गर्न पाइन्छ। यो भनेको महिनामा ८० घन्टा हो। अस्ट्रेलियाको प्रतिघन्टा कामको न्यूनतम पारिश्रमिक १७.७० अस्टे«लियन डलर हुन्छ। यसरी मासिक १४ सय १६ अस्ट्रेलियन डलर मात्रै कमाइ हुन्छ।

    एक डलर बराबर नेपालको करिब ८२ रुपैयाँ हुन्छ। अर्थात् प्रतिघन्टा १४ सय ५१ हुन्छ। यो भनेको साप्ताहिक २९ हजार २८ हो। अर्थात् महिनाको १ लाख १६ हजार १ सय १२ हो।

    अस्ट्रेलिया सरकारको वेबसाइट स्डडिइन अस्ट्रेलिया डट जिओभी डट एयुका अनुसार अस्ट्रेलियामा मासिक औसत बसाइको खर्च १६ सय अस्ट्रेलियन डलर लाग्छ।

    यो भनेको मासिक १४ सय १६ डलरको कमाइभन्दा एक सय ८४ डलर कम हो। दुईजना वा तीनजना बस्दा पनि आधा खर्च हुँदा पनि ८ सय डलर त सकिन्छ।

    आठ सय डलर खर्चले बचाएको ६ सय १६ डलर मात्रैले अध्ययन खर्च पुग्दैन। अस्ट्रेलियाका सस्तो विश्वविद्यालयमा पढ्न पनि मासिक ६ सय १६ अस्ट्रेलियन डलर पर्याप्त हुँदैन। अस्ट्रेलियाको युनिभर्सि्टिरिभ्यु डटकम डट एयुका अनुसार अस्ट्रेलियाका विश्वविद्यालयको विदेशी विद्यार्थीको शुल्क वार्षिक २० हजार डलर बढी छ।

    उदाहरणका लागि अस्ट्रेलियाको वेस्र्टन सिड्नी विश्वविद्यालयमा मानविकी र शिक्षा संकायको वार्षिक शुल्क २२ हजार ६ सय ८० डलर छ। भिक्टोरिया विश्वविद्यालयमा सोही संकायमा स्नातक तहको वार्षिक शुल्क २० हजार ४ सय डलर लाग्छ।

    अन्य विश्वविद्यालयको पनि यस्तै खाले शुल्क छ। वार्षिक २० हजार मान्दा मासिक पढाइ शुल्कमा मात्रै १६ सय ६६ हुन्छ। यो शुल्क तिर्न कि घरबाटै पैसा लिएर आउनुप¥यो। अस्ट्रेलियामै काम गरेर आफूलाई खानलाउन र कलेजको शुल्क तिर्न पुग्दैन। इन्जिनियरिङ तथा विज्ञान संकायको शुल्क उस्तै महँगो छ।

    निःशुल्क छात्रवृत्ति पाएका र नेपालबाटै अभिभावकले पैसा पठाएर पढाइरहेका विद्यार्थीबाहेक विश्वविद्यालयमा पढ्ने धेरै विद्यार्थीले गैरकानुनी रुपमा सातामा २० घन्टाभन्दा बढी काम गर्ने बाध्य छन्। यिनै शुल्क तिर्न पैसा नपुगेपछि युवतीहरु यौनकर्मी बन्ने विभिन्न अनलाइनहरुले लेखेका छन्।

    केही समयअगाडि एक नेपाली अनलाइनमा प्रस्तुत गरिएकी अस्ट्रेलियाकी यौनकर्मी नेपालीले यौनबाट प्रतिघन्टा १ सय ५० डलर आउने तर अन्य काममा १८ डलर मात्रै आउने बताएकी थिइन्। अस्ट्रेलियाका थुप्रै स्थानमा यौनकर्म कानुनी भएकाले यसतर्फ नेपाली युवती फस्न थालेको जानकारहरूको भनाइ छ।

    (नेपाल समयबाट मिती २०७५ फागुन १० गते साभार गरिएको)

    प्रतिक्रिया
    थप समाचार