Online Nepal शनिबार, जेष्ठ ५ २०८१

फेरी अष्ट्रेलियाको अर्को कलेजमा ५ सय बढि विद्यार्थी अलपत्र

फेरी अष्ट्रेलियाको अर्को कलेजमा ५ सय बढि विद्यार्थी अलपत्र


मध्यान्तर
  • आइतबार, फाल्गुन १२ २०७५

  • काठमाडौं । पछिल्लो समय उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुले एक पछि अर्को गर्दै नेपालका कन्सलटेन्सीहरुको पोल खोल्न थालेको छन् । केहिदिन पहिले उच्च शिक्षाकालागि अष्ट्रेलियाकाउ एआएविटी कलेजमा अध्यानरत विद्यार्थीहरुले आफुहरु अलपत्र परेको नेपाली मिडिया सम्म कुरा पुर्याएपछि फेरी अर्को रहस्य बाहिरिएको हो ।

    अष्ट्रेलियाको सिड्नी स्थीत अष्ट्रेलियन हेल्थ एण्ड म्यानेजमेन्ट ईन्स्च्यिुटमा ५ सय जना नेपाली विद्यार्थीहरु अलपत्र परेको पाईउको हो। यसको जानकारी अष्ट्रेलियाबाट बिजिता थापाले दिएकीछन् । उनले आफुहरुको उद्धार गर्न आग्रह समेत गरेकी छिन् ।

    उक्त कलेजमा डिप्लोमा अफ नर्सिङ पढ्दै गरेकी थापाले यो कलेजपनि दर्ता नभएको खुलाएकी हुन् । यस कलेजमा सर्टिफिकेट फर र डिप्लोमा अफ नर्सिङ गरेर पाँच सय जना विद्यार्थी अध्यायनरत छन् ।

    कलेजले सर्टिफिकेट फर पढ्ने विद्यार्थीहरुलाई कोर्श परिवर्तन गरेर पढ्न भनिसकेको छ । उनीहरुले कोर्श परिवर्तैन गर्दा पनि कलेज भन्दा बाहिर जान नदिने कलेजमै पढ्नुपर्ने । तर, नर्सिङ पढ्ने विद्यार्थीहरुले भने कोर्श परिवर्तन पनि गर्न नमिल्ने भएकाले उनीहरुलाई अप्ठ्यारो परिरहेको छ।

    कलेज सुरु भदेखिबाट रजिष्ट्रेशन कहिले हुन्छ भनेर आफुले पटक पटक सोध्दा सेप्टेम्बरमा हुन्छ, अक्टोबरमा हुन्छ, नोभेम्बरमा हुन्छ, भनेर टार्ने काम कलेजले गरिरहेको उनको भनाई छ ।

    उनी भन्छिन्, हामीले सिड्नीमा आईसकेपछि थाहा पाएको सुरुवातमा यहाँको प्रधानाध्यापकसंग कुरा गर्न खोज्दा हामीलाई टारियो अपोईमेन्ट दिदैनौ भन्ने जस्तो कुराहरु गरे दुई वर्षको समयमा जसरीपनि रजिष्ट्रेशन हुन्छ भनिएको थियो ।

    उनी के ईन्टरनेश्नल कन्सलटेन्सीबाट अष्ट्रेलिया गएकी हुन् ।

    प्रतिक्रिया
    थप समाचार