Online Nepal शनिबार, जेष्ठ ५ २०८१
बैदेशिक शिक्षा

एआईबीटी प्रकरण : समस्या समाधानमा लागिपरे कन्सलटेन्सी सञ्चालकहरु

एआईबीटी प्रकरण : समस्या समाधानमा लागिपरे कन्सलटेन्सी सञ्चालकहरु


मध्यान्तर
  • बुधबार, फाल्गुन १५ २०७५

  • काठमाडौं । अध्यायनका लागि अष्ट्रेलियाको एआईबीटीमा पुगेका नेपाली विद्यार्थीहरुलाई कलेजले ठगेपछि उद्दारको लागि नेपाली कन्सलेटेन्सी सञ्चालकहरु लागिपरेका छन् । उनीहरुले आफ्ना कन्सलटेन्सी मार्फत पठाईएका विद्यार्थीहरुलाई उद्दार गर्न लागेका हुन् ।

    अहिले कन्सलटेन्सी सञ्चालकहरुले नेपाल तथा अष्ट्रेलियामै पुगेर समेत लागिपरेका छन् । विद्यार्थीहरुलाई उचित र राम्रो विद्यालयमा पढ्नको लागि व्यवस्थापन गरिने सञ्चालकहरुले जाएका छन् ।

    कन्सलटेन्सीका सञ्चालकहरु विद्यार्थीलाई राम्रो व्यवस्थापन गर्न लागिपरेका छन् । पछिल्लो समय एआएबीटी प्रकरणकै कारण कन्सलटेसीहरुले विभिन्न खालका आरोपहरु खेप्दै आएका छन् । जसका कारण यतिबेला भ्रम सिर्जना भएपछि कन्सलटेन्सी सञ्चालकहरुका काममा समेत बाधा परेको छ ।

    विद्यार्थीलाई उचित व्यवस्थापन गर्नमा समेत अड्चन भईरहेको भन्दै शैक्षिक परामर्श दातृ संघसंगठनले संयुक्त रुपमा बुधबार मध्यान्ह पत्रकार सम्मेलन गरेर सत्य तथ्य जानकारी दिनुका साथै मिडियाहरुले समस्या समाधानमका लागि सहि सुचना सम्प्रेशण गरि सहयोग गर्न अपिल गर्ने जनाएका छन् ।

    एआईबीटी प्रकरणबारे मध्यान्तरसंग कुराकानी गर्दै ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले अहिले देखिएका समस्या समाधान गर्नसंस्थागत रुपमा सम्बन्धित निकायहरुसंग आवश्यक छलफल र परामर्श भईरहेको जानकारी दिएका छन् । उनले भने–‘अबको केहि दिनमै विद्यार्थीहरुको समास्या समात्रधान हुन्छ । हामी विद्यार्थीको उचित व्यवस्थापन लागेका छौ।’

    एआईबीटी प्रकरणमा मुख्य दोषि भएको आरोप खेप्दै आएका कन्सलटेन्सीका सञ्चालकहरुले समेत विद्यार्थीहरुको उद्दारमा लागिरहेको जनाएका छन् । सोहि विषयमा मध्यान्तरसंग कुरा गर्दै काठमाडौँ इनफोसिसका सञ्चालक राजेन्द्र रिजालले आफु समस्या समाधानमा लागिपरेको जनाएका छन् ।

    उनले आफ्नो कन्सल्टेन्सीबाट उक्त कलेजमा नर्सिङ अध्ययनका लागि गएका सबै विद्यार्थी सम्पर्कमा रहेको र उनीहरुको सम्पूर्ण जिम्मा अष्ट्रेलिया स्थित कार्यालयले लिएको जानकारी दिएका छन् । कुराकानीकै क्रममा रिजालले विद्यार्थीलाई धैर्य रहन आग्रह समेत गरेका छन । यस्तै कंगारु एजुकेसनका सञ्चालक महेशबाबु तिमल्सिनाले विद्यार्थी लगायत उनीहरुका अभिभावकलाई समस्या सिर्जना हुनेवित्तिकै सम्पर्क गरि आवश्यक समन्वय गरिरहेको बताए ।

    तिमल्सिनाले विद्यार्थीका समस्या समाधान गर्न गरिरहेको पहलबारे अभिभावकलाई समेत जानकारी गराईरहेको जनाएका छन् । यसैबिच मर्सि एजुकेसनका सञ्चालक राम टण्डनले विद्यार्थीका समस्या समाधानका लागि आफु अष्ट्रेलिया आएको र अहिले निरन्तर सम्बन्धित निकायहरुसंग समन्वय गरि विद्यार्थीका समस्या समाधान र उचित व्यवस्थापनमा लागेको जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    थप समाचार