Online Nepal आइतबार, बैशाख २३ २०८१

युरो किड्स गोगंबुको आर्ट एण्ड क्राफ्ट विज्ञान प्रदर्शनी (फोटो फिचरसहित)

युरो किड्स गोगंबुको आर्ट एण्ड क्राफ्ट विज्ञान प्रदर्शनी (फोटो फिचरसहित)


मध्यान्तर
  • आइतबार, चैत्र १० २०७५

  • काठमाडौं । युरो किड्स स्कुल गोगंबुले बालबालिकाको क्षमता तथा प्रतिभा प्रष्फुटन गराउने उदेश्यले आर्ट एण्ड क्राफ्ट विज्ञान प्रदर्शनी गरेको छ । बालबालिकाले आफ्नो खोज, अनुसन्धान र प्रयोगबाट बनाएका विभिन्न सामग्रीहरुलाई विज्ञान र आविष्कारसँग जोडेर यहि चैत्र ९ गते युरो किड्स परिसरमा प्रदर्शनी गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रतिष्ठानका उपकुलपति केके कर्माचार्यले प्रदर्शनीको उद्घाटन गरे ।

    बालबालिकाले कक्षाकोठामा अध्ययन गरेको र जिवनमा प्रयोग हुन आउने विषयलाई सरल तरिकाले आर्ट एण्ड क्राफ्ट मार्फत विज्ञानसँग जोडेर सामग्री बनाउन सक्नु साँच्चै नै उपलब्धिपूर्ण कुरा भएको उपकुलपति कर्माचार्यले बताए । उनले भने– ‘बालबालिकाले यतिसम्म बुझ्नु र विज्ञानसँग जोडेर सामग्री बनाउनु भनेको समान्य कुरा होइन, यसलाई ठूलै उपलब्धि मान्नुपर्छ । यस्तो कार्यको लागि मेरो तर्फबाट पनि सक्दो सहयोग हुनेछ ।’ उनले बालबालिकाको कला र प्रतिभालाई व्यवहारिक जिवनमा साँच्चिकै उतार्न र भविष्यमा बैज्ञानिक बन्न यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    युरो किड्स गोगंबुका अध्यक्ष प्रमोद पाण्डेले प्रदर्शनीको उदेश्य बालबालिकाको खोजअनुसन्धान प्रति रुचि बढाउनु र प्रतिभा प्रष्फुटन गराउनु रहेको बताए । उनले भने– ‘बालबालिकाले सिकेका, देखेका र अनुभव गरेका विषयमा आधारित रहेर उनिहरु भित्र लुकेको प्रतिभालाई बाहिर ल्याउन आर्ट एण्ड क्राफ्ट विज्ञान प्रदर्शनीको आयोजना गरिएको हो ।’ प्रदर्शनीमा राखिएका साना भाइबहिनिले बनाएका सामग्री साँच्चै लोभलाग्दा र आकर्षण रहेको भन्दै पाण्डेले शिक्षकशिक्षिकाहरुको पनि उत्तिकै योगदान रहेको बताए । उनले आगामी दिनमा पनि यस्ताखालका प्रदर्शनीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

    प्रदर्शनी उद्घाटन कार्यक्रममा टोखा नगरपालीका ८ र ९ का वडाध्यक्ष क्रमशः केशव खत्री र उत्तम अधिकारीको पनि उपस्थिति रहेको थियो । उहाँहरु पनि बालबालिका प्रतिभा र प्रदर्शनीबाट प्रभावित भई स्थानिय रुपमा सहयोग गर्ने बताउनुभयो ।

    प्रदर्शनीमा विज्ञान र प्रविधिसँग सम्बन्धित सामग्रीहरुले सहभागिहरुको ध्यानाकर्षण गरेको थियो । जसमा बालबालिकाले बनाएका स्पिनिङ मिल, केवलकार, म्याजिक ट्याप, सोलार कार, नाइट ल्याम्पलगायतका सामग्रीहरु राखिएका थिए । बालबालिकाले चन्द्रागिरि हिल्सको केवलकार चढेको अनुभव संगालेर केवलकार बनाएका हुन् । किचेनमा मसला पिस्न प्रयोग भइरहेको देखेर स्पिनिङ मिल बनाए हुन् । जताततै प्रदुषण बढेका कारण प्रदुषणमुक्त शहरको कल्पना गरेर सोलार कार बनाएका छन् । त्यस्तै रातपरेपछि सडकमा उज्यालो हुनुपर्छ भनेर स्वचालित नाइट ल्याम्पको कल्पना गरी बनाएका छन् ।

    प्रदर्शनीमा अभिभावक, विद्यार्थी एवं आगन्तुकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    थप समाचार