Online Nepal बिहिबार, बैशाख २७ २०८१

कतारमा नेपालीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला

कतारमा नेपालीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला


मध्यान्तर
  • मंगलबार, जेष्ठ २२ २०७५

  • कतारको अदालतले एक नेपालीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । कतारी नागरिक उम्एयर मोहम्मिद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

    यो फैसलाउपर नेपाली दुतावासले त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । औरही १ महोत्तरीका चौधरी हत्या अभियोगमा २०१७ अप्रिल पहिलो साता पक्राउ परेका थिए । अदालतले मृत्यु नभएसम्म गोली हानेर मृत्युृदण्ड दिने फैसला सुनाएको हो ।

    पुनारावेदनमा बहस गर्न झन्डै ३० हजार रियाल करिव ६ लाख रुपैयाँ लाग्ने भन्दै दुतावासले बजेट उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको छ ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

     

    Source : www.samajikpatra. com/social/47839/

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार