Online Nepal बुधबार, जेष्ठ २ २०८१

साउदी अरेबियामा सेना पठाउने अमेरिकाको घोषणा

साउदी अरेबियामा सेना पठाउने अमेरिकाको घोषणा


मध्यान्तर
  • शनिबार, असोज ४ २०७६

  • काठमाडौं । साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ संयुक्त राज्य अमेरिकाले आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ ।

    रक्षात्मक प्रयोजनका लागि सेना पठाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए । तेल प्रशोधन केन्द्रमा भएको हमलाको इरान समर्थित हुथी विद्रोहीले आक्रमणको जिम्मा लिइसकेका छन् । तर अमेरिका र साउदीले आक्रमणमा इरानको संलग्नता रहेको आशंका गर्दै आएका छन् । गत शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिवन्ध लगाइएको घोषणा गरेका थिए । अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ । सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा गएको दुई साता अघि १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ ।

    आक्रमणलगत्तैसाउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । साउदी पठाउने सैनिकको संख्या भने खुलाइएको छैन ।

    प्रतिक्रिया
    थप समाचार