Online Nepal बुधबार, जेष्ठ २ २०८१

इरानलाई नरोके तेलको मूल्य अप्रत्याशित रूपमा बढाउने साउदी राजकुमारको चेतावनी

इरानलाई नरोके तेलको मूल्य अप्रत्याशित रूपमा बढाउने साउदी राजकुमारको चेतावनी


मध्यान्तर
  • सोमबार, असोज १३ २०७६

  • काठमाडौं । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इरानको चुनौती सामना गर्नका लागि कच्चा तेलको मूल्य बढाउने चेतावनी दिएका छन् ।
    उनले इरानलाई रोक्न विश्वका सबै मुलुक एकसाथ नआए कच्चा तेलको मूल्य अप्रत्याशित रूपमा बढाउने चेतावनी दिएका छन् । अमेरिकी टेलिभिजन सिबिएसँगको कुराकानीमा इरान र साउदी अरबबीच तनाव बढेमा त्यसको असर विश्वको अर्थतन्त्रमा पर्ने चेतावनी दिएका छन । उनले टिभी कार्यक्रम ‘60 मिनेट’मा इरान र साउदी अरबबीच जारी तनावको समाधान वार्ताको माध्यमबाट खोज्नुपर्ने बताएका छन् । उनले यी दुई देशबीच युद्ध भएमा त्यसको प्रभाव विश्व अर्थतन्त्रमा पर्ने बताएका छन् ।
    युवराज सलमानले विश्वको तेल निर्यातमा ३० प्रतिशत, विश्व व्यापारमा २० प्रतिशत र विश्वको जिडिपीको ४ प्रतिशत योगदान मध्यपूर्व क्षेत्रको भएकाले पनि यो क्षेत्रमा अशान्ति भए त्यसको प्रभाव विश्व अर्थतन्त्रमा पर्ने बताए ।

    प्रतिक्रिया
    थप समाचार