Online Nepal सोमबार, बैशाख १७ २०८१

तेजाब आक्रमणमा परेकी किशोरी सम्झनाको मृत्यु

तेजाब आक्रमणमा परेकी किशोरी सम्झनाको मृत्यु


मध्यान्तर
  • सोमबार, असोज ८ २०७५

  • काठमाडौं । तेजाब आक्रमणमा घाइते भई उपचार भइरहेको अवस्थामा रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । १८ वर्षीया दासको आइतबार राति ११ बजेर ४० मिनेटमा कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनको आइसीयूमा उपचार भइरहेको थियो।

    सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ। उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

    उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो। संक्रमण अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजंग बस्नेतले जानकारी दिए।

    घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए। घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। रौतहट चन्द्रपुर ६ का दास दिदीबहिनी स्थानीय जनज्योति माविमा ७ कक्षा र ६ कक्षामा अध्ययनरत थिए ।

    प्रतिक्रिया
    थप समाचार