Online Nepal सोमबार, जेष्ठ ७ २०८१

दोस्रो एकदिवसीय खेल्न नेपाली टिम टोली युएई जाँदै

दोस्रो एकदिवसीय खेल्न नेपाली टिम टोली युएई जाँदै


मध्यान्तर
  • मंगलबार, माघ ८ २०७५

  • काठमाडौं । दोस्रो एकदिवसीय खेल खेल्नका लागि नेपाली क्रिकेट टिम संयुक्त अरब इमिरेट्स (युएई) जाने भएको छ । नेपाली टोलीले संयुक्त अरब इमिरेट्स (युएई) संगको एकदिवसीय र टी–२० खेलको दोस्रो खेदल खेल्ने छ ।

    यसका लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

    प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताएका छन् । ‘मुख्यगरी हामीले ब्याटिङमा विशेष सुधार गर्नुपर्ने छ’, कप्तान खड्काको भनाइ छ ।

    नेपाली टोलीका नियमित एवम् महत्पूर्ण सदस्य शरद भेषवाकर यस पटक टोलीमा नहुँदा प्रतियोगितामा दबाब रहने कप्तान खड्काले बताए । बिरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठीक हुन तीनरचार हप्ता लाग्ने बताइएको छ ।

    युएईसँगको खेलका लागि चार युवा खेलाडी अविनाश बोहरा, भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले ‘सिनियर’ टोलीमा स्थान बनाएका छन् ।

    नेपालले यही माघ ११, १२ र १४ गते एकदिवसीय शृङ्खला र माघ १७, १८ र २० मा टी–२० शृङ्खला खेल्नेछ ।

    प्रतिक्रिया
    थप समाचार