Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

१ अर्व चुक्ता पुँजी पुर्याउन नसक्ने बीमा कम्पनी मर्जरमा जाने

१ अर्व चुक्ता पुँजी पुर्याउन नसक्ने बीमा कम्पनी मर्जरमा जाने


मध्यान्तर
  • सोमबार, साउन १४ २०७५

  • काठमाडौं । बीमा समितिले गत आर्थिक वर्षको असार मसान्तसम्म २० वटा निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्बका दरले चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । तर, समितिको निर्देशन अनुसार १६ वटा बीमा कम्पनीहरुले चुक्ता पुँजी पुर्याउन सकेनन् ।

    तोकिए अनुसारको चुक्ता पुँजी र्पुयाउन नसक्ने बीमा कम्पनीलाई अब मर्जरको नीति लिइने बीमा समितिले जनाएको छ । निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी करिब १८ अर्ब रुपैयाँ पुगेको छ । मुलुकमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ०७४÷७५ को अन्तिम दिनसम्म १७ अर्ब ९७ करोड ९३ लाख ८८ हजार २ सय ८७ रुपैयाँ चुक्ता पुँजी र्पुयाएका हुन् ।

    यसैगरी शिखर इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा देखिएको छ भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनी चौथो स्थानमा देखिएको छ ।

    समितिले दिएको निर्देशनअनुसार असार मसान्तसम्म ४ वटा कम्पनीहरुले मात्रै पुँजी र्पुयाएका छन् । नेपाल इन्स्योरेन्स , हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले समितिले तोकेअनुसारको पुँजी तोकिएकै समयमा पुर्याएको बीमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

    निर्देशक पौडेलका अनुसार उक्त अवधिमा सबैभन्दा बढी पुँजी नेपाल इन्स्योरेन्सले र्पुयाएको छ । चुक्ता पुँजीका आधारमा नेको इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा देखिएको छ । यसैगरी शिखर इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा देखिएको छ भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनी चौथो स्थानमा देखिएको छ ।

    एभरेष्ट इन्स्योरेन्स सबैभन्दा कमजोर

    बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको थियो । समितिले दिएको निर्देशनअनुसार १६ वटा कम्पनीले पुँजी पुर्याउन सकेनन् ।

    यस अवधिमा तोकिए अनुसारको चुक्ता पुँजी आर्जन गर्न नसक्ने बीमा कम्पनीहरुमा लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स कम्पनी, सानिमा इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी छन् ।

    त्यसैगरी प्रभु इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि चुक्ता पुँजी र्पुयाएनन् ।

    त्यस्तै दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, आइएमई जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीले ५० करोडको हाराहारीमा मात्रै चुक्ता पुँजी बनाएका छन् । युनाइटेड इन्स्योरेन्स कम्पनीले असार मसान्तसम्म ३० करोड २४ लाख रुपैयाँ मात्र पुँजी र्पुयाएको छ ।

    कम चुक्ता पुँजी आर्जन गर्नेमा सरकारी बीमा कम्पनीसमेत परेको छ । निजीतर्फको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने २६ करोड ६६ लाख ३९ हजार ५९ रुपैयाँ मात्रै पुँजी र्पुयाएको छ ।

    निर्जीवन बीमा कम्पनीहरुमध्ये एभरेष्ट इन्स्योरेन्स कम्पनी चुक्ता पुँजीमा सबैभन्दा कमजोर देखिएको छ । यस कम्पनीले १३ करोड ३६ लाख ५० हजार रुपैयाँ मात्रै पुँजी र्पुयाएको छ । नेसनल इन्स्योरेन्स कम्पनीको भने चुक्ता पुँजी तथ्यांकमा समावेश गरिएको छैन ।

    पुँजी वृद्धिको मौका, त्यसपछि मर्जर

    बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले तोकेअनुसारको पुँजी नर्पुयाउने कम्पनीहरुको मर्ज गर्ने तयारी गरेको छ । तोकेको समयमा चुक्ता पुँजी र्पुयाउन कम्पनीहरु असफल भएपछि समितिले मर्जरको बाटो अपनाउन लागेको हो ।

    प्रतिक्रिया
    थप समाचार