Online Nepal सोमबार, जेष्ठ ७ २०८१

युएईविरूद्ध खेलमा नेपालको खराब प्रदर्शन, ३३.४ ओभर ११३ रनमै अलआउट

युएईविरूद्ध खेलमा नेपालको खराब प्रदर्शन, ३३.४ ओभर ११३ रनमै अलआउट


मध्यान्तर
  • शुक्रबार, माघ ११ २०७५

  • काठमाडौं । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा जारी घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो एकदिवसीय खेलमा नेपाली टिम ११३ रनमै अलआउट भएको छ ।

    खराब प्रदर्शनका कारण नेपालले ३३.४ ओभरमा सिर्झ ११३ रन बनाउदै अलआउट भएको हो ।

    टस हारेर पहिले ब्याटिङको म्तिो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ३३.४ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको हो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। यस्तै आरिफ शेखले २५ रन बनाउँदा कप्तान पारस खड्काले २० रन जोडेर आउट भएका थिए ।

    सन्दिप लामिछानेले १५ रन बनाउनुबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। ओपनर ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै शून्य रनमा आउट हुँदा सातौं ओभरमा नेपालले दोस्रो विकेट गुमाएको थियो।

    त्यसपछि टिमको स्कोर ५० रन नपुग्दै महत्वपूर्ण चार विकेट गुमाइसकेको नेपाललाई सोमपाल कामीले केहि मात्रामा भएपनि आशाको दियो बालेको थियो ।

    सातौं ओभरको पहिलो बलमा दोस्रो विकेटका रूपमा बिनोद भण्डारीलाई ५ रनमा गुमाएको नेपालले कप्तान पारस खड्कालाई २० रनमा तेस्रो विकेटका रूपमा गुमाएको थियो।

    १२औं ओभरको अन्तिम बलमा कप्तान खड्का ३६ बल खेल्दै ३ चौका प्रहार गरेर आउट भए।

    यस्तै १३औं ओभरको चौथो बलमा अर्का भरपर्दा ब्याट्मेन दीपेन्द्र सिंह ऐरी शून्य रनमा रन आउट भए। त्यसपछि आएका सोमपाल कामीले ३० रनसम्म बनाए। २२ ओभरको तेस्रो बलमा पवन सरार्फ ४ रनमा आउट भए पछि नेपाली इनिङ्स धरमरायो।

    अर्का बिस्फोटक ब्याट्मेन करन केसी २४औं ओभरको तेस्रो बलमा ३ रन जोडेर आउँट हुँदा २५ औं ओभरको पाँचौ बलमा बसन्त रेग्मी शून्य रनमा आउट भए। त्यसपछि नेपालको इनिङ्सलाई आरिफ शेख र सन्दिप लामिछानेले १०० रन कटाए।

    ३० औं ओभरमा आरिफ २५ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि नेपाल थप संकटमा पर्‍यो।

    युएईका लागि सुरूवाती कप्तान मोहम्मद नाभिद र आमिर हायातले ३ ३ विकेट लिँदा इमरान हैदारले २ विकेट लिए । क्वादेर अहमदले १ विकेट लिएका छन्।

    प्रतिक्रिया
    थप समाचार