Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

सन्दीप लामिछानेलाई क्रिकेट टिमका कप्तान नियुक्त

सन्दीप लामिछानेलाई क्रिकेट टिमका कप्तान नियुक्त


मध्यान्तर
  • बिहिबार, पुष १ २०७८

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरि सन्दीप लामिछानेलाई नियुक्त  गरेको छ ।

    कप्तानबाट मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गर्ने निर्णय क्यानले बुधबार गरेको हो।

    अनुशासन उल्लंघन गरेको सम्बन्धमा गठन भएको छानबिन समितिको सिफारिसका आधारमा मल्ल, ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाका लागि सहभागि नगराउने निर्णय पनि भएको छ ।
    त्यसैगरी नेपाली क्रिकेट टिमको नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार