Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

उपाधिका लागि एपीएफद्वारा पुलिसलाई १५८ रनको लक्ष्य

उपाधिका लागि एपीएफद्वारा पुलिसलाई १५८ रनको लक्ष्य


मध्यान्तर
  • बुधबार, माघ ५ २०७८

  • काठमाडौँ । प्रधान मन्त्रीकप टी ट्वेन्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लब समक्ष १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरमा भइरहेको फाइनल खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफ १ बल बाँकी छँदा अलआउट हुँदै १ सय ५७ रन बनाएको हो ।

    एपीएफका लागि ओपनिङ ब्याटरहरूले राम्रो प्रदर्शन गर्न नसके पनि पछिल्लो क्रमका ब्याटर क्रिजमा टिक्दा मध्यम स्कोर तयार भएको हो । सेमिफाइनलमा विस्फोटक ब्याटिङ गरेका लोकेश बमले फाइनलमा १५ बलमा २७ रन बनाए ।

    त्यस्तै सन्दीप जोराले २४ रन जोड्दा कप्तान शरद भेषवाकर १९ रनमा आउट भए । नवौँ नम्बरमा ब्याटिङका लागि आएका अमरसिंह रौटेलाले भुवन कार्कीसँग आठौँ विकेटका लागि ४२ रनको साझेदारी गरेपछि एपीएफ केही सम्हालिएको थियो । रौटेलाले १५ बलमा २९ रन बनाए भने कार्की १७ रनमा आउट भए ।

    एपिएफलाई मध्यम स्कोरमा समेट्ने क्रममा दीपेन्द्रसिंह ऐरी र सागर ढकालले तीन तीन विकेट लिँदा गुल्सन झाको नाममा २ विकेट रह्यो । यस्तै आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एक एक विकेट ‌लिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजनताले ३ लाख नगद प्राप्त गर्नेछन् ।

    प्रतिक्रिया
    थप समाचार