Online Nepal आइतबार, बैशाख ३० २०८१

गर्भवति महिलालाई एचआईभी संक्रमित रगत

गर्भवति महिलालाई एचआईभी संक्रमित रगत


मध्यान्तर
  • बिहिबार, पुष १२ २०७५

  • काठमाडौं । रक्तदान गर्दा होस या रगत विरामीलाई दिँदा विशेष गरेर एचआईभी संक्रमित हो या हाृईन भनेर जान गरेर मात्र दिईन्छ । अन्य रोगहरु पनि रगतमा छन् य छैनन् भनेर समेत हेरिन्छ।

    तर, भारतको तामिलनाडु राज्यमा एक महिलालाई एचआईभी पोजेटिभ भएको रगत दिईएको छ । ति महिलालाई उक्त रगत दिईएपछि उनलाई समेत एचआईभी संक्रमण भएको छ ।

    तामिलनाडु राज्यका प्रदेश स्वास्थ्यसचिव जे राधाकृष्णले एचआइभी पोजेटिभ भएका व्यक्तिले रगत दिएको थाहा भएको बताएका छन् । पहिलेदेखि नै एचआइभी पोजेटिभ भएका ती व्यक्तिले अस्पतालका कर्मचारीलाई समेत खबर नगरी रक्तदान गरेको उनले जनाएका छन् ।

    उक्त व्यक्तिले जानाजान रक्तदान गरेको हो वा होइन भन्ने अनुसन्धान पनि भइरहेको अस्पताल प्रशासनले जनाएको छ । उक्त घटनामा प्रमुख जिम्मेवार देखिएका प्रयोगशालाका प्राविधिक र परामर्शदातालाई अवकाश दिइएको छ । पीडित महिलाका श्रीमानले गर्भमा रहेको बच्चामा एचआइभी सङ्क्रमित हुन नदिन सबै उपाय अपनाउन अस्पताल प्रशासनसँग आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार