Online Nepal आइतबार, बैशाख ३० २०८१

बंगलादेशको प्रधानमन्त्रीमा पुन शेख हसिना, आज लिदै सपथ

बंगलादेशको प्रधानमन्त्रीमा पुन शेख हसिना, आज लिदै सपथ


मध्यान्तर
  • सोमबार, पुष २३ २०७५

  • बंगलादेश । बंगलादेशको नयाँ प्रधानमन्त्रीमा पुन शेख हसिना भएकी छिन् । उनले सोमबार नै नयाँ प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिने छिन् ।

    गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री हुन लागेकी हुन् ।

    शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन् । प्रधानमन्त्रीका रुपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ ।

    यसैबीच, जातीय औक्या फ्रन्टले प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिस्कार गर्ने जनाएको छ । मुख्य प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसको गठबन्धनले चुनावी परिणाम अस्वीकार गर्नुका साथै स्वतन्त्र सरकारको नेतृत्वमा नयाँ निर्वाचन गराउन माग गरेको छ ।

    बंगलादेशको नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार